विकास समितिका सबै कागजात अख्तियारमा

शेयेर गर्नुहोस


टीकापुर ११ भदौ /
टीकापुर नगर विकास समितिका सक्कली फाइलहरु पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
तत्कालीन टीकापुर विकास समितिले ३० बिघा जग्गा हिनामिना भएको घटनाको अनुसन्धानका क्रममा माघ महिनामा विकास समितिका सबै फाइल लिएको आयोगले केही समयपछि ती फाइल फिर्ता गरेको भएपनि पुनः सबै सक्कली फाइल नियन्त्रणमा लिएको हो । साउनमा सबै फाइल पुनः अख्तियारले नियन्त्रणमा राखेको टीकापुर विकास समितिले जनाएको छ । अख्तियारले २०५९ सालदेखि २०७० सालसम्मका सबै कागजातहरु, त्यो बेलाका निर्णय गरेका माइनुटहरु अख्तियारले लिएको विकास समितिमा कार्यरत धनीराम भण्डारीले बताएका छन् ।
“हामीसँग कुनै कागजात कार्यालयमा छैन । सक्कली कागजातहरु नै लिएर गएको छ ।” भण्डारीले भने, “पहिले फोटोकपी लिएको थियो । अहिले सक्कली कागजात पनु अख्तियारले लिएर गएको छ ।” प्रारम्भिक अनुसन्धानका क्रममा विकास समितिबाट गएको माघ महिनामा अख्तियारल कागजात लिँदा केहि दिन कामकाज समेत ठप्प भएको थियो । लिएको सबै डकुमेन्ट फिर्ता भएपछि कामकाज सुचारु भएको विकास समितिले जनाएको छ । पहिलो चरणमा फिर्त भएका सबै कागजात अख्तियारमा भएपछि अहिले विकास समितिले मागेको तथ्यांक दिन सक्ने स्थिति नरहेको भण्डारीले बताएका छन् ।
२०५९ सालपछि विकास समितिमार्फत बिक्री भएको जग्गाको अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा सुचना अधिकारी वसन्तबहादुर शाहीले बताएका छन् । “अनुसन्धानको क्रममा धेरै कुराहरू भन्न मिल्दैन । हामीले अनुसन्धान गरिरहेका छौँ ।” सुचना अधिकारी शाहीले भने, “अनुसन्धान पूरा भएपछि त्यसले एउटा निष्कर्ष निस्केपछि सबै कुरा थाहा भैहाल्छ ।” उनकाअनुसार त्यो बेला विकास समितिसँग संलग्न देखिएका ब्याक्ती सम्पर्कमा नआएका कारण समस्या भएको छ । आयोगले त्यस्ता ब्याक्तीको खोजी गरिरहेको उनले बताएका छन् । विकास समितिको जग्गा प्रकरणमा झण्डै एक हजार एक सय जनाको नाम मुछिएको बताइएको छ । जसअनुसार ६ सय जनाले बयान दिए पनि अझै पाँच सय जनाको बयान लिन बाँकी रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *