शेयेर गर्नुहोस
टीकापुर २५ मंसिर /
स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र निद्या मन्दिर क्याम्पसले संयुक्तरूपमा टीकापुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई स्वतन्त्र विद्यार्थी युनियनले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएको हो । नगरपालिकाको शिक्षा शाखालाई लक्षित गरेर ज्ञापनपत्र बुझाएको बताइएको छ ।
“शिक्षा युवा तथा खेलकुद शाखा र नगरपालिका गतिविधिहरु स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पसले सूक्ष्म रुपले अध्ययन गरिरहेका छौं । पछिल्लो समय विद्यालयमा शिक्षक नियुक्तिका कुरामा व्यवस्थापन समिति, शिक्षा युना तथा खेलकुद शाखा र सम्बन्धित विद्यालय प्राधानाध्यापकहरुको मिलोमतोमा शिक्षक नियुक्ति गर्ने कुरा बाहिर आइरहेको र संघीय अनुदान मार्फत आईरहेको भवन निर्माण बजेटमा विद्यार्थीको संख्या नभएको विद्यालयमा कमिसनको नाममा बजेट हालेको भन्ने आम जनगुनासो आएरहेकाले यस प्रति स्वतन्त्र विद्यार्थी युनियन गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ ।” ज्ञापनपत्रमा
भनिएको छ ।
साथै “गलत निर्णयहरु सच्चाएर अगाडि वढ्न, आवश्यकतालाई परिचान गरी शैक्षिक कार्यक्रम अगाडि बढाउन सहित सुझाव दिनका साथै संस्थागत विद्यालयको शैक्षिक शुल्कमा समेत एकरुपता ल्याउन यसै पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ । यदि यो कुरालाई आनाकानी गरि बास्तविक समस्या पहिचान गरी समयमै समाधान नगरे आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पस संयुक्त रुपमा सशक्त भइ प्रस्तुत भई जाने का ध्यानाकर्षण गराउन चाहान्छौ ।” पत्रमा उल्लेख छ ।










