विपद व्यवस्थापन समिती तथा कार्यदल गठन

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २१ असार /
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत वडा स्तरीय विपद् व्यवस्थापन समिति तथा कार्यदल गठन कार्यक्रम सम्पन्न भएको छ ।
मोफा जापान र वल्ड भिजन जापनको आर्थिक सहयोगमा भएको कार्यक्रमको सहजीकरण सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढी कैलालीले गरेको थियो । कार्यक्रमका बारेमा प्रकाश पार्दै अधिकृत सञ्जय चाैधरीले आफुहरुले काम गर्ने कार्यक्षेत्र तीन पालिकाको ९ वटा वडाहरु रहेको बताएका छन् । जसमा टीकापुर नगरपालिका अन्तर्गत ७, ८ र ९, भजनी नगरपालिका अन्तर्गत ३, ५ र ७ र जानकी गाउँपालिका अन्तर्गत १, ४ र ९ रहेको बताएका छन् । उनले वडा स्तरीय विपद व्यवस्थापन समिति तथा कार्यदल गठन गर्दा के कति आवश्यक पर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।
उनले कार्यक्रमको मुख्य उद्देश्य कैलाली जिल्ला लक्षित समुदायको विपद जोखिम सम्बन्धि क्षमता अभिवृद्धि गर्ने रहेको बताएका छन् । कार्यक्रममा वडा स्तरीय विपद व्यवस्थापन समितिको कानुनी प्रावधान, वडा स्तरीय विपद व्यवस्थापन समिति गठनको संरचना, समितिको काम कर्तव्य तथा अधिकार, प्राथमिक उपचार कार्यदल सदस्यहरु छनाैटका आधार, खोज तथा उद्दार कार्यदल गठनका न्युनतम आधारहरु, पुर्वसचेतना कार्यदल छनाैटका आधारहरु लगायतका विषयमा जानकारी दिएका थिए ।
साथै उनले संस्थाले विशेषगरी विपद व्यवस्थापन, जिवीकोपार्जन र वित्तीय साक्षरता गरि ३ वटा क्षेत्रमा काम गरिरहेको भन्दै यसको अवधि ३ वर्ष रहने समेत बताएका छन् ।
कार्यक्रममा विभिन्न कार्यदल गठन समेत गरिएको थियो जसमा रतन टमट्टाको संयोजकत्वमा ५ सदस्यीय प्राथमिक उपचार कार्यदल गठन गरिएको छ । जसको सदस्यहरुमा हिरालाल चाैधरी, पुनम साउँद, सर्मिला चाैधरी र सारीका बुढा रहेकी छन् । त्यस्तै भिम महराको संयोजकत्वमा ६ सदस्यीय खोज तथा उद्वर कार्यदल गठन गरिएको छ । जसको सदस्यहरुमा युवराज सापकोटा, चन्द्र बहादुर साउँँद, दिनेश नाथ तेजबहादुर साउँद र कृष्ण नेपाली रहेका छन् । त्यस्तै राम कृष्ण चाैधरीको संयोजकत्वमा ५ सदस्यीय पूर्व सचेतना कार्यदल पनि गठन गरिएको छ । जसको सदस्यहरूमा माधव चाैधरी, सावित्री विक, दिनेश बोहरा र टीकाराम चाैधरी रहेका छन् ।
वडा स्तरीय विपद् व्यवस्थापन समितिका संयोजन दीर्घ बहादुर ठकुल्लाको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विन्तीराम चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *