शेयेर गर्नुहोस
टीकापुर ०८ माघ /
नविल बैंक लिमिटेडको टिकापुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिका वडा नं. २ स्थित मुक्त कमैया आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थी न्यानो लुगा वितरण गरेको छ। चिसो मौसममा राहत प्रदान गर्ने उद्देश्यले न्यानो लुगा वितरण गरिएको हो । न्यानो लुगाको वितरणले विद्यार्थीहरूलाई जाडो मौसममा सहजताका साथ पठनपाठन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
बैंकका टीकापुर शाखाका शाखा प्रमुख जनकराज ओझाले बैंकको सामाजिक सेवा र उत्तरदायित्वबारे प्रकाश पार्दै समुदायप्रति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयका अध्यक्ष सोलारी चौधरी र विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले बैंकलाई धन्यवाद दिँदै, यस प्रकारको सहयोगले विपन्न विद्यार्थीहरूलाई ठिलो राहत हुने विश्वास व्यक्त गरेका छन् ।
सोही कार्यक्रम अन्तर्गत बैंकले वडा नं. २ मै रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थीहरुलाई पनि न्यानो लुगा वितरण गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, टीकापुरका युवा व्यवसायी तथा समाजसेवी कोमल ज्ञवाली, शिक्षक, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
