विव्यस अध्यक्षमा रिमाल चयन

शेयेर गर्नुहोस


टीकापुर २५ पुस /
टीकापुर नगरपालिका वडा नं. २ स्थित जनजागृती माद्यामिक बिधालय सीतापुरको बिधालय व्यवस्थापन समितिमा धनन्जय रिमाल चयन भएका छन् ।
बिधालय व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको कार्यक्रमले रिमाललाई बिधालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यमा धोज बहादुर विश्वकर्मा, माघुराम चौधरी, फुलरानी चौधरी, चन्द्रा बोहरा, मायादेवी सोनाहा र शिक्षक प्रतिनिधि सदस्यमा कमलबहादुर बटाला चयन भएका छन् ।
त्यसैगरी सोही कार्यक्रमले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको अध्यक्षमा पुर्ण बहादुर खड्का चयन भएका छन् । त्यसैगरी सदस्यमा चम्पा चौधरी, मिना सोडारी, ललिता साउँद, कृष्णा कुमारी उपाध्याय, सेतु टमट्टा, रतन कठायतले अनिता विक र शिक्षक प्रतिनिधिको रुपमा उर्मिला रावल चयन भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *