शेयेर गर्नुहोस
टीकापुर १७ मंसिर /
वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित वीरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।
आउने फागुन ९, १०, र ११ गते महोत्सवको आयोजना हुने स्वर्ण महोत्सव मुल आयोजक समिति संयोजक नवराज रावलले पत्रकार सम्मेलनका क्रममा आइतबार बताएका छन् । महोत्सवको मुल उद्देश्य विद्यालयको शैक्षिक संस्थाको सरकारीकरणको लागि उपयुक्त वातावरण निर्माण गर्ने र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षक गुठी अन्तर्गत सञ्चालित विद्यालय तथा क्याम्पसको मान पहिचान र सर्वाङ्गीण विकासमा टेवा पुर्याउने जानकारी दिइएको छ ।
महोत्सवमा अभिनन्दन कार्यक्रम, यस शैक्षिक संस्थाको साङ्गोपाङ्गो पाटापक्ष झुल्किने गरी ‘स्वर्ण महोत्सव स्मारिका’ प्रकाशन गरिने र स्वर्ण महोत्सव स्तम्भ निर्माण गरिने रावलले बताए । महोत्सवमा विभिन्न विधाका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । २५ लाख बराबरको महोत्सव स्तम्भ निर्माण गरिनेछ भने विद्यालयका भवन संरचनाहरूमा १२ लाख बराबरको रङ्ग रोगन गरिनेछ । सम्मान अभिबादन अन्य सबै महाेत्सवमा ५९ लाख ८५ हजार खर्च हुने रावलले बताएका छन् ।
अध्यक्ष रावलले महाेत्सव स्तम्भ निर्माणकालागि र रंग राेगनलागि मुख्यमन्त्रीसंग कुरा भैरहेकाे बताउँदै ७ लाख सहयाेग रकम संकलन भैसकेको बताएका छन् । उनले महोत्सवको लागि बिद्यालयको आन्तरिक आयबाट खर्च नहुने बताएको छ । यस्तै उनले कार्यक्रमकाे उद्घाटन राष्ट्रपतिबाट गराउने पहल भैेरहेकाे पनि जानकारी दिए ।










