व्यवसाय बन्द भएकालाई पनि अनुदान

शेयेर गर्नुहोस


टीकापुर २२ बैशाख /
जानकी गाउँपालिकाले गाउँपालिका भित्रका बंगुरपालक किसानलाई अनुदानमा सामाग्री वितरण गर्यो ।
त्यो सामान पाउनेमा जानकी गाउँपालिका वडा नं. ७ हिम्मतपुरका सुशील चौधरी पनि थिए । उनी बंगुर पालक किसान हुन । तर, भुतपुर्व बंगुरपालक किसान । अहिले उनको खोरमा बंगुर छैन । गाउँपालिकाले वितरण गरेको अनुदानको हकदार सुशील पनि भए । गाउँपालिकाले उपलब्ध गराएको अनुदान आफ्ना लागि फलदायी नभएको उनले बताएका छन् । “कसरी अनुदान दियो त्यो थाहा भएन । अनुदानका लागि बोलाएपछि गएर ल्याएको हु ।” सुशीलले भने, “मसँग बंगुर छैन । दिएको औषधि र सामग्रीको प्रयोग हुने स्थिति पनि छैन ।”
गाउँपालिकाको पशु शाखाले पालिका भित्रका ५० जना बंगुरपालक किसानलाई करिब तीन लाख ५० हजार बराबरको औषधि र सामाग्री खरिद गरेर वितर गरेको थियो । गाउँपालिकाले वितरण गर्ने मापदण्ड निकै सजिलो अपनायो । जुन थियो गाउँपालिकामा दर्ता भएका फार्म नवीकरण भएको आधार । सामाग्री वितरण गर्दा कुनै अध्ययन, अनुगमन नै नगरी वितरण भएको सामाग्री वास्तविक किसानसम्म नपुगेको उदाहरण सुशीललाई बुझ्दा स्पस्ट भएको छ ।
पशु शाखा प्रमुख नरबहादुर कार्की भने वास्तविक बंगुरपालक किसानलाई मात्रै अनुदानको सामाग्री वितरण गरेको दाबी गर्छन् । उनले बंगुरमा देखिएको अमेरिकन स्वाइनफिभर रोग नियन्त्रणका लागि किसानलाई औषधि र अन्य सामाग्री वितरण गरेको बताएका छन् । “हामीले वास्तविक व्यवसायीलाई मात्रै सामाग्री वितरण गरेका छौं । जुन तपाईले भन्नुभयो त्यो ब्याक्तीले केही दिनमा बंगुर पाल्न सुरु गर्ने भनेपछि हामीले अनुदानमा सामाग्री वितरण गरेका थियौं ।” प्रमुख कार्कीले भने, “व्यवसायीको अध्ययन र अनुगमन नगरेर उनीहरूलाई सोधेर अनुदान दिएका थियौं । त्यसरी दिए पनि त्यसमा हाम्रो कमजोरी छैन ।”

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *