शब बाहन खरिदका जनस्तरबाट राम्रो सहयोग जुट्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर २१ मंसिर

कैलालीको टीकापुर अस्पतालमा शब बाहन खरिदका लागि जनस्तरबाट आर्थिक संकलन अभियानको काम थालिएको छ।
अस्पतालमा सब वहन नहुदा समस्या हुँदै आएकोमा ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा आर्थिक संकलन अभियान मार्फत अस्पतालका लागि शब बाहन खरिदको काम थालिएको हो। टीकापुर अस्पतालबाट चल्ने अहिले पनि आधा दर्जन एम्बुलेन्स छन। एम्बुलेन्सले लास बोक्न मान्दैनन। एम्बुलेन्सले लास बोक्न नमाने पछि ट्याक्टर वा ट्रीपरमा लास बोक्नु पर्ने समस्या रहदै आएको छ। शब बाहन नहुदा लास बोक्नको लागि निकै समस्या हुँदै आएको भएको बताउदै अस्पतालले सम्बन्धित निकायसँग समन्वय गर्दा पनि कतैबाट समस्या समाधान हुने अबस्था नदेकिएपछी ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहसंग समन्वय गरि टीकापुर क्षेत्रका लागि शव बाहन खरीद गर्न आर्थिक संकलन अभियान थालिएको अस्पताल बिकास समितिका अध्यक्ष दिपक रावलले बताउनुभएको छ।
“शब बाहनको लागि हामिले संघ तथा प्रदेश सरकारसंग पटक पटक आग्रह गर्दा पनि सुनुवाइ भएन।” अध्यक्ष रावलले भन्नुभयो, ” टीकापुरका समाजसेवी हिक्मत थापासँगको छलफलपछि अन्तिममा ह्युमानिटी फाउन्डेसन र टीकापुर सरोकार समुहसंगको समन्वयमा जनस्तरबाट आर्थिक संकलन अभियान थालिएको हो।”
शब बाहनका लागि आर्थिक संकलन अभियानमा लाग्नुभएका ह्युमानिटी फाउन्डेसनका सस्थापक सदस्य एबम बरिस्ठ पत्रकार प्रशान्त अर्यालले जनस्तरबाट शब बाहन खरिदका लागि उल्लेख्य सहयोग भएको बताउदै टीकापुर अस्पतालको लागि अत्याधुनिक शब बाहन खरिद गरि हस्तान्तरण गरिने बताउनुभएको छ। “हामीले कसैसँग पनि आर्थिक सहयोग मागेका छैनौ। शब बाहन खरिदका लागि आर्थिक संकलन अभियानको सुचना मात्रै गरेका थियौ।” अर्यालले भन्नुभयो, ” स्वस्फूर्त रुपमा सहयोग रकम संकलन भइरहेको छ। जुन हामिले सोचेको भन्दा पनि राम्रो भएको छ।” उहाँले टीकापुरलाई माया गर्ने सबैले सहयोग गर्दै आएको बताउदै देश तथा बिदेशबाट सहयोग जुट्दै गएको बताउनुभयो।
आर्थिक संकलनको लागि टीकापुरका स्थानिय हाल नाइजेरियामा बस्दै आउनुभएका ह्युमानिटी फाउन्डेसनका संस्थापक सदस्य हिक्मत थापाले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै शब बाहनका लागि थालिएको अभियानमा टीकापुर प्रती जनस्तरबाट देखिएको सद्भावले काम गर्न राज्यको मात्र मुख ताक्नु नहुने कुराको पुष्टि गरेको बताउनुभएको छ । “अस्पतालको आग्रहमा जसरी पनि अस्पताललाई शब बाहन दिने भन्दै अभियान सुरु गरेका थियौ। अभियानको उपलब्धि सोचेभन्दा पनि राम्रो भयो।” थापाले भन्नुभयो, “अब अत्याधुनिक जहाँ पनि चलाउन सकिने पहाडमा समेत जाने शब बाहन अस्पताललाई हस्तान्तरण गर्छौ। अहिलेसम्म १६ लाख भन्दा बढी रकम संकलन भइसकेको छ। २२/२५ लाख भएपछी हामी अभियानलाई रोक्छौ।”
उहाँले अस्पताललाई हस्तान्तरण गरिने शब बाहन ब्याबसायिक नहुने बताउदै स्थानिय तह वा अन्य निकायसँग समन्वय गरि निशुल्क संचालनको प्रक्रिया थालिने वा न्युनतम शुल्क तय गरिने बताउनुभयो। थापाले शब बाहन संचालनका लागि निश्चित मापदण्ड बनाएर अस्पताललाई हस्तान्तरण गरिने बताउनुभएको छ। अस्पतालको शब बाहन खरिदको लागि थालिएको अभियानमा ८० बर्षिया वृद्धहरुले आफ्नो सामाजिक सुरक्षा भत्ता समेत स्वस्फूर्त रुपमा सहयोग गर्नुभएको देख्दा टीकापुर प्रती सबैको सहानुभूति रहेको कुरा पुष्टि गरेको बताउनुभयो।
ह्युमानिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दिर्घराज उपाध्यायले एक हप्ता भित्र आवश्यक रकम संकलन भैसक्ने बताउदै रकम संकलन भएको १५ दिन भित्र शब बाहन अस्पताललाई हस्तान्तरण गरिनेगरी काम गरिने बताउनुभयो। ह्युमानिटी फाउन्डेसनको दुई लाख रुपैयाबाट अभियान सुरु गरिएको थियो। फाउन्डेसनले डडेल्धुरामा पिसियार मेसिन जडानका लागि पनि अभियान थालेको थियो। फाउन्डेसनको समन्वयमा जनस्तरबाट संकलन भएको १ करोड ६ लाखमा डडेल्धुरामा पिसियार मेसिन जडान गरिएको बताउदै पत्रकार उपाध्यायले जहाँ समस्या त्यहा ह्युमानिटी फाउन्डेसन रहने गरि काम हुँदै आएको बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *