पुस्तकालयलाई पुस्तक हस्तान्तरण

शेयेर गर्नुहोस


टीकापुर २३ मंसिर /मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिद्वारा टीकापुर सामुदायिक पुस्तकालय लाई विभिन्न बिधाका चार सय थान पुस्तक हस्तान्तरण गरेको छ।
पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अथिति प्राध्यापक डाक्टर जगतबहादुर सिह रावल रहनु भएको थियो। कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काँङ्रेस क्षेत्र नम्बर १कैलालीका सभापति भुवनेश्वर आधिकारि,बिशिस्ट अतिथि नेकपा टीकापुर नगर कमिटी सचिवालय सदस्य रंङ्ग अधिकारि,बिशिस्ट अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचीव टेकबहादुर सार्की ,शिक्षाविद नरराज गिरी,पुस्तकालयका सल्लाहकार भक्तिराम कोईरालाले मन्त्तव्य राख्नु भएको थियो।
वक्ताहरुले पुस्तक उपलब्ध गराउन सहयोग गर्ने एन आर एन का पुर्व कोषाध्यक्ष हिक्मत थापा तथा पुस्तक प्रदान गर्ने संस्था मानव अधिकार तथा शान्ति समाज र यस्का संस्थापक कृष्ण पहाडीको प्रंशा गरेका थिए।पुस्तकालयका उपाध्यक्ष ताराप्रासद जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य देबेन्द्र शाहले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *