शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २७ मंसिर /
भजनी नगरपालिका वडा नं-३ ठेकिमा शहरी स्वस्थ्य केन्द्रको भवनको शिलान्यास गरिएको छ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य बिरभान चौधरीले स्वास्थ्य केन्द्रको शिलान्यास गरेका हुन। शहरी स्वस्थ्य केन्द्रको भवन शिलान्यास कार्यक्रममा संविधान सभा सभासद हरि ज्ञवाली, भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी, नगर उपप्रमुख छाया देवकोटा, जग्गादाता हेमेन्द्र भारध्वाज, भजनी वडा नं-३ का वडा अध्यक्ष बिक्रम चौधरी , कार्यपालिका सदस्य भगवती चौधरी,भजनी वडा नं-३का वडा सदस्यहरु,स्थानीय समाजसेवि,बुद्धिजिबिहरुको समेत उपस्तिथि रहेको थियो।
जग्गा अभावमा लामो समय देखि निर्माण हुन नसकेको शहरी स्वास्थ केन्द्र भवन भजनी नगरपालिका वार्ड नं-१ भजनी बजार बस्ने सैलेन्द्र भारध्वाज, सरोजा भारध्वाज,हेमेन्द्र भारध्वाज र निता भारध्वाजले भजनी नगरपालिका वडा नं-३ ठेकि हुलाकी सडकमा रहेको ०-२-० कट्टा जमिन दान गरि दिए पछि उक्त भवनको शिलान्यास गरिएको हो ।।
यसै आर्थिक बर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने नगर प्रमुख शेरबहादुर चौधरी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *