१० दिनमै उठ्यो शव बाहनका लागि रकम

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २६ मंसिर
/  १० दिनअघि टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गर्ने गरी शुरु जनस्तरबाट शुरु आर्थिक संकलन अभियान बिहीवार सम्पन्न भएको छ ।
टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको संयोजनमा थालिएको अभियानमा संसारभरीबाट प्राप्त आर्थिक सहयोगका कारण १० दिनमै सफल भएको हो ।
१० दिनको अबधिमा शव बाहन खरीदका लागि करीव २६ लाख संकलन भएको छ । अमेरिकाबाट पूर्व प्रतिबद्धता अनुसार ५० हजार रुपैया भन्दा बढि थप प्राप्त हुने टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले बताए ।टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियान शव बाहनका लागि बिहीवार दिउसोसम्म २५ लाख ६० हजार रुपैया जम्मा भईसकेको छ ।
शव बाहनका लागि आवश्यक रकम जम्मा भईसकेकोले बिहीवारदेखि आर्थिक संकलन अभियान स्थगित गरिएको थापाले बताए । ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहले बिहीवार बिज्ञप्ति मार्फत आर्थिक संकलन अभियान सम्पन्न भएको जनाएको छ ।अभियानमा देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तिहरुलाई ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहले धन्यवाद दिएको छ । 
अभियानमा बिभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुले देश विदेशबाट सहयोग गरेका थिए ।
तीन जना महिलाले आफूले सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम शव बाहन खरीदका लागि सहयोग गरेका थिए । सबै क्षेत्र, बर्ग, देश भित्र र बाहिरबाट प्राप्त विश्वास र अभूत पूर्व सहयोगका कारण १० दिनमै शव बाहनका लागि आवश्यक रकम जुटेको छ, फाउण्डेसनका अध्यक्ष श्याम तायलले भने, यो अभियानमा सहयोग गर्ने सबै प्रति आभारी छौ ।कैलालीको पूर्वी क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा निकै कठिनाई भईरहेको थियो । सोही समस्याको समाधानका लागि टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको अगुवाई शव बाहन खरीदका लागि आर्थिक संकलन अभियान थालिएको अभियानको अगुवा प्रशान्त अर्यालले बताए ।
ह्यमाुनिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले आर्थिक सहयोग अभियानमा देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तिहरुप्रति आभार व्यक्त गरेका छन । अभियानका अगुवा थापाले एक हप्ताभित्र शव बाहन हस्तान्तरण गर्ने गरी खरीद प्रकृया अघि बढाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *