शेयेर गर्नुहोस
पदमराज जैशी (नानु), भजनी १६ असार/
भजनी नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिका मातहत नियुक्त भएका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको असार १६ गते आज बसेको बैठकले नगर अनुदान तथा निजि श्रोत शिक्षकको तलबको २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । शैक्षिक विकासको लागि एकमुष्ट अनुदान प्राप्त बाल उद्यान आधारभूत बिधालय बसाहा र इभान बाबा आधारभूतमा कार्यरत शिक्षकलाइ नगर अनुदान शिक्षकमा समायोजन गरिएको गर्ने निर्णय पनि भएको बताइएको छ । त्यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी,विद्यालय सहयोगीलाई नगर पालिकाले प्रदान गर्ने अनुदानमा वृद्धि गरिएको, नगर अनुदान निजि श्रोत लगायत बालविकास सहजकर्ता , विद्यालय कर्मचारी, विद्यालय सहयोगी कर्मचारीलाई अभिभाकत्व ग्रहण गरी स्थानीय सरकारले तलब वृद्धि गरेको नगर प्रमुख केवल चौधरीले बताएका छन् ।
त्यस्तै गरी शिक्षा, स्वास्थ्य, कृषि विकासका आधारस्तम्भ भएको बताउँदै शैक्षिक सुधारको लागि नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा अभिलेखीकरण गर्न छुट भएका नगर अनुदान निजि श्रोत शिक्षकलाइ समेत समेटेर नगर अनुदान निजिश्रोत शिक्षकको तलब वृद्धि गरिएको नगर उपप्रमुख राजु तिरुवाले जानकारी दिइन ।
खस्कदै गएको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुलाई बढी जिम्मेवार बनाउन पनि तलब वृद्धि गरिएको प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेको भनाइ छ । शिक्षण सिकाइ अनुदान मार्फत नगर अनुदान शिक्षकले खाइपाई आएको प्रा वि तह २० हजार, निमावि तह २१ हजार, मावी तहको २२ हजार र नगर अनुदान निजि श्रोत शिक्षकको २५ प्रतिशत शिक्षण सिकाइ नगर अनुदान बृदी गर्ने भएपछि अभिलेखिकरण छुट सहित नगर अनुदान शिक्षक संख्या ९५ जना भएका छन। बाल विकास सहजकर्तालाइ नगरलेदिने अनुदान ७ हजार, विद्यालय कर्मचारीलाई नगरले दिने अनुदान ७ हजार, कार्यालय सहयोगीलाई नगरले दिने अनुदान ७ हजार र सामुदायिक सिकाइ केन्द्र सहजकर्तालाई नगरले दिने अनुदन ७ हजारमा शिक्षण सिकाइ अनुदानमा पनि २५ प्रतिशत वृद्धि गर्ने नगर कार्यपालिकाले निर्णय गरेको शिक्षा अधिकृत पंख बहादुर शाहले बताए ।