शेयेर गर्नुहोस
पुर्ण विक, टीकापुर २५ चैत /
टीकापुरमा एकिकृत पाठ्क्रम सम्बन्धी आधारभूत तह(१-३) का शिक्षकहरुको क्षमता विकास तालिम टीकापुरमा सम्पन्न भएको छ ।
चैत्र २० गते देखि शुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम (१-३)का कार्यान्वयन गर्न आवश्यक प्राविधीक ज्ञान, सिप र धारणाका विकास गर्न कार्यक्रमको आयोजना गरिएको यार्ड धनगढीका फिल्ड अफिसर कल्पना चौधरीले जानकारी दिएकी छन् । तलिममा टीकापुर नगरपालिका वडा नं. ६, ७, ८ र ९ का गरी २० जना शिक्षकहरुको सहभागिता थियो ।
तालिममा आफुहरुले धेरै कुरा सिकेको र अबको शैक्षिक सत्रमा (१-३) कक्षामा लागु भएको निरन्तर मूल्याङ्कन गर्न सजिलो हुने सहभागिहरुले बताएका छन् । धेरै कुराहरु आफुहरुलाई थाहा भए पनि प्राविधीक ज्ञानको अभावका कारण लागु गर्न नसकेको र तालिम दिइसकेपछि सहज भएको उनीहरुले बताएका छन् । तालिम विकासका लागी यूवापुस्ता ऐक्यबद्धता (यार्ड) धनगढी र वल्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको आयोजनामा भएको हो ।
तालिममा बोल्दै टीकापुर नगर-पालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थिले तालिम लिइसकेपछि विद्यालयमा लागु गरी परिवर्तन हुने गरी देखाउन सहभागिलाई अनुरोध गरेका छन् । उनले जव तालिमको उपलब्धी देखिन्छ तव त्यसको प्रभावकारिता देखिनेमा जोड दिएका छन् ।
कार्यक्रममा प्रशिक्षक मनोज सिंह भण्डारी, ललिता साउद र ओपेन्द्र खड्का लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले तालिमका विषयमा गित समेत प्रस्तुत गरेका थिए ।