शेयेर गर्नुहोस
टीकापुर १० फागुन /
नेपाल राष्ट्रिय शिक्षक संगठन जानकी गाउँपालिकाको तेस्रो गाउँ अधिवेशनबाट वासुदेव रेग्मीको नेतृत्वमा नयाँ समिती चयन भएको छ ।
शनिबार भएको तेस्रो गाउँ अधिवेशनबाट उपाध्यक्षमा रामशरण चौधरी र दुर्गा रावल खडका चयन भएका छन् ।
सचिवमा रविन्द्र प्रसाद जैसी,कोषाध्यक्ष दिलिप शाही, सहसचिव सीता रावल चौधरी, सहकोषाध्यक्ष सीता कुमारी चौधरी चयन भएका छन् ।
त्यसैगरी सदस्यमा मानसिंह चौधरी, प्रेम बहादुर रावल, मोहन सिह खड्काज दान बहादुर साउद चयन भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । जसमा विरबहादुर भण्डारी, दिपक बोगटी, कमानसिंह धामी, कलम बहादुर खड्का, विश्वराज न्यौपाने, नवराज तिमिल्सैना, टिकाराम जैसी र नन्दराज उपाध्याय रहेका छन् ।
चक्रराज तिमिल्सैनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता कमानसिंह धामीले गरेका थिए । विशिष्ट अतिथि शिक्षक संगठन जिल्ला सचिव दान बहादुर खाती रहेका थिए । कार्यक्रकमा एमाले जानकी अध्यक्ष प्रदिप शाह सिता शाह, ललिता साउद, हरीश अवस्थी लगायतको सहभागीता रहेको थियो । नन्दराज उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन वासुदेव रेग्मीले गरेका थिए ।











