शिक्षा ज्योती भित्रको ज्योती हो : खड्का

शेयेर गर्नुहोस


टीकापुर २९ कार्तिक /
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले शिक्षा ज्योती भित्रको ज्योती भएको बताएका छन् ।
दया फाउन्डेसनको प्रायोजनमा अरुणोदय माद्यामिक बिधालय जानकी खैरिफाँटामा सञ्चालन भएको कम्प्युटर तथा चित्रकला तालीमको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री खड्काले शिक्षा आँखाको ज्योति पछिको अर्को ज्योति भएको बताएका हुन । “आँखाले दुनिया देखाउने काम गरेको काम हुन्छ भने शिक्षाले जीवनको मार्गचित्र कोर्ने काम गरेको हुन्छ ।” मन्त्री खड्काले भने, “त्यसकारण शिक्षा ज्योती भित्रको अर्को ज्योती हो ।
कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री खड्काले पछिल्लो समय राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । प्रदेश र स्थानीय तहको आफ्नो आर्थिक स्रोत नहुँदा संघीय अनुदानमा निर्भर हुनुपरेको मन्त्री खड्काको भनाई छ । उनले राज्यका आन्तरिक स्रोत खुम्चिँदा वैदेशिक ऋण र रेमिटेन्सको भरमा देशको अर्थतन्त्र चलाउनुपर्ने बाध्यता रहेको बताएका छन् । “आन्तरिक स्रोत नहुँदा त्यसबाट राज्य सञ्चालन गर्न सक्ने स्थिति छैन ।” उनले भने, “आज वैदेशिक ऋण र रेमिटेन्सका भरमा राज्य चलिरहेको छ ।”
कार्यक्रम माथी प्रकाश पार्दै बिधालयका प्रधानाध्यापक कपिलराज भाटले दया फाउन्डेसनले पाँच दिनको बिधालयमा अध्ययनरत कक्षा २ देखि १२ सम्मका छात्राहरूलाई कम्प्युटर तथा चित्रकला तालिम प्रदान गर्ने बताएका छन् । उनले उक्त तालिमबाट छात्राहरूमा थप सिकाई हुने बताउँदै छात्राहरुमा पढाई क्षमताको विकास हुने विश्वास लिइएको बताएका छन् । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु सञ्चालनका लागि फाउन्डेसनलाई आग्रह गर्दै प्रधानाध्यापक भाटले स्वयंसेवक शिक्षकको व्यवस्था गरेर शैक्षिक गुणस्तरमा सहयोगको अपिल पनि गरेका छन् ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाटको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत शिक्षक टेकबहादुर धामीले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक दिपक बोगटीले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाकी प्रस्तुत गरिएका थिए भने सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । तालिम मंसिर तीन गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *