शुभकामना तथा रचना वाचन कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर १४ कार्तिक /
भेरी साहित्य समाज जिल्ला कार्यसमिति टीकापुरको आयोजनामा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
समाजका जिल्ला कार्यसमिति कैलालीका अध्यक्ष चक्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले साहित्यले जिवनलाई रंगिन बनाउने काम गरेको बताएका छन् । उनले कला, साहित्य र संस्कृतिलाई जगेर्ना गर्ने कर्तव्य हामी सबैको भएको बताएका छन् । “कला साहित्यले जिवनलाई रंगिन मात्रै होईन, त्यसले पहिचानलाई समेत झल्काउने काम गर्दछ ।” नगर प्रमुख थारुले भने, “त्यसैले हामी सबैले हाम्रो कला, संस्कृति र साहित्यलाई जगेर्ना गर्नुपर्छ । त्यसमा नगरपालिकाले गर्नुपर्ने सहयोग र सहकार्यमा कुनै कमि हुनेछैन ।”
कार्यक्रममा नगर उपप्रमुख खडकबहदुर शाहले आफू भित्रका खराबीलाई त्यागेर सहि मार्गमा लाग्न आग्रह गरेका छन् । उनले साहित्यले संस्कारको समेत विकास गर्ने बताउँदै साहित्यकारहरुको संरक्षणमा समेत नगरपालिकाले ध्यान दिएको बताएका छन् ।
समितीका उपाध्यक्ष कान्तीप्रसाद ज्ञवालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *