शैक्षिक सामाग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर २२ माघ /
वसन्त पञ्चमीको अवसरमा फोर एच नेपाल एफउ सिएनआरम टीकापुरले सामग्री वितरण गरेको छ ।
सिमा विहिन स्वयंसेवक टीकापुर बाल गृहमा शैक्षिक सामाग्री वितर गरिएको हो । अतिथी नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य टेकेन्द्र सिंह विष्ट (मानस) ले अप्ठ्यारोमा परेका बालबालिकालाई थोरै सहयोग पनि ठुलो हुने बताउँदै त्यसका लागि सबैकोले सहयोग भावना जागृत गर्नुपर्ने बताएका छन् । प्रमुख अतिथी विष्टले आगामी दिनमा पनि बालबालिकाको सहयोगको लागि आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाल विद्यार्थी संघका नगर कार्य समिति टीकापुर नगरसभापति महेश परियार , स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन अधिकारी, नृप जंग थापा, नेपाल विद्यार्थी संघ नेपाल प्राकृतिक स्रोत व्यवस्थापन कलेजका एकाई सभापति अंकित पोख्रेल सिमा बिहिन बालबालिका संचालक जनक महर रहेका थिए ।
कार्यक्रममा नेविसंघका नेता प्रमोद न्यौपाने प्रदिप तिमिल्सिनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब चिरन्जिबी ओझाले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *