श्रमदानमा जोडिन आग्रह

शेयेर गर्नुहोस


टीकापुर २३ माघ /
टीकापुर नगरपालिकाले सुरु गरेको जनश्रमदान अभियानमा जोडिन आह्वान गरेको छ ।
नगरपालिकाले “ग्रीन टीकापुर, क्लिन टीकापुर” को नारालाई सार्थक बनाउनका लागि टीकापुरलाई गुलाफको शहरको रुपमा विकास गर्ने अवधारणामा सञ्चालन गरिएको जनश्रमदान अभियानमा जोडिन आह्वान गरिएको हो । नगर प्रमुख रामलाल डगौरा थारुले जारी गरिएको सुचना अनुसार जनश्रमदान अभियानमा जोडिन चाहने विभिन्न व्यवसायी, संघसंस्था, बैंक, वित्तीय संस्था, सहकारी, शैक्षिक संस्था, सुरक्षा निकायलाई उक्त अभियानमा जोडिन आग्रह गरिएको हो ।
नगरपालिकाले यहीँ माघ १८ गतेदेखि जनश्रमदान अभियान सुरु गरेको छ । पहिलो चरणमा जमरा पुलदेखि बसपार्कसम्मको सडकको तारबार गरिएको डिभाइडर सफाइका लागि जनश्रमदान गरिँदै आएको छ । यो बिचको समयमा सशस्त्र प्रहरी, सिर्द्धार्थ बिजनेस ग्रुप, योग समिती लगायतले अभियानमा एक्यवद्धता जनाइसकेका छन् । नगरपालिकाले सडक किनार, सार्वजनिक स्थानहरूलाई व्यवस्थित गर्दै विभिन्न प्रजातिका गुलाफ रोप्ने योजना बनाएको छ । गुलाफ रोप्ने अभियान जनश्रमदान मार्फत सफल बनाउने प्रयत्न नगरपालिकाले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *