श्रावण २ गते सार्वजनिक विदा

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी ३१ असार /
भजनी नगरपालिकाले श्रावण २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
श्रावण २ गते परेको मुक्त कमैया दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्र भित्रका सार्वजनिक सेवा प्रवाहको काम बन्द रहने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर सिंहद्वारा जारी गरिएको सुचनामा श्रावण २ गते नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक तथा स्वस्थ्य संस्थाहरु बन्द रहने जानकारी दिइएको छ ।
नगर कार्यपालिकाको यहीँ असार २३ गते बसेको कार्यपालिकाको बैठकले श्रावण २ गते स्थानीय विदा दिने निर्णय गरेअनुसार सार्वजनिक विदा दिइएको बताइएको छ । तत्कालीन सरकारले २०५७ श्रावण २ गते कमैया मुक्त घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *