संघको निर्वाचनका लागि स्वाँरको प्यानल पनि घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ भदौ/
टीकापुर उद्योग वाणिज्य संघको २३ औं चुनावी साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि संघका निवर्तमान महासचिव तपेन्द्रबहादुर स्वाँर प्यानलसहित मैदानमा उत्रिएका छन्
अध्यक्षका प्रत्याशी एवं निवर्तमान महासचिव स्वाँरले आफ्नो नेतृत्वमा सम्पुर्ण पदाधिकारी सहितको प्यानल एक कार्यक्रमबीच मंगलवार घोषणा गरेका छन् ।
घोषित प्यानल अनुसार अध्यक्षमा तपेन्द्रबहादुर स्वाँर, उपाध्यक्षमा उद्योगतर्फ सन्तोष खड्का ‘बाबु’, वाणिज्यतर्फ नैनसिंह के. सी., महासचिवमा नवराज रिमाल ‘कलाकार’ सचिवमा दीपेन्द्र रावल ‘सरकार’ र कोषाध्यक्षमा लोकेश साउँद मैदानमा उत्रिने भएका छन् ।
त्यस्तै स्वाँर प्यानलबाट सदस्यमा लालबहादुर चौधरी, हरि कुश्मी, डम्बर कडायत, चित्रध्वज ठकुल्ला, देवप्रसाद जैशी, नेत्रबहादुर बिष्ट र जनजाति सदस्यतर्फ बीरूप्रसाद भगोरियालाई अघि सारिएको छ ।
खुल्ला दुई सदस्य, दलित र महिला सदस्यको टुङ्गो आज लगाइने जनाइएको छ ।
प्यानल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्याशी स्वाँरले यस क्षेत्रका व्यवसायीहरूको पेशागत विकास र आत्म स्वाभिमानका लागि ‘व्यापारीसँगै व्यापार संघ’ भन्ने नाराका साथ आफुहरू चुनावमा होमिएका बताउँदै आफ्नो प्यानललाई विश्वास गरिएका खण्डमा संघको सुषुप्त अस्तित्वलाई आफुहरूले सशक्त वनाउने दृढता व्यक्त गरेका छन् ।
यसपटकको निर्वाचनमा कूल १ हजार १ शय ६३ मतदाता रहेको संघको साधारण सभाको बन्द सत्र दुई पटक गणपुरक संख्या नपुगेका कारण स्थगन भएको थियो भने आज पुनः तेस्रो पटक वन्दसत्र आव्हान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *