संघको निर्वाचनमा सापकोटा विजयी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १९ भदौ/
कैलालीको टीकापुर उद्योग वाणिज्य संघको नया नेतृत्वको चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार चक्रपाणी सापकोटा विजयी हुनुभएको छ । सापकोटाले पाँच सय ६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत पाउनुभएको छ ।
त्यस्तै उपाध्यक्ष उद्योग तर्फ सन्तोष खड्का चार सय ८८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जगतराज चौधरीले चार सय ४३ मत पाउनुभयो, भने उपाध्यक्षमै वाणिज्य तर्फ कृष्ण उपाध्याय बजगाईले छ सय ६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नैनसिंह केसीले तीन सय १५ मत प्राप्त गर्नुभएको छ । संघको महासचिव पदमा नवराज रिमाल विजयी हुनुभएको छ । उहाँले पाँच सय ८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी परमानन्द पाण्डेले चार सय ४३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सचीवमा चार सय ५२ मत प्राप्त गर्दै तपेन्द्र कुँवर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दिपेन्द्र रावलले दुई ९२ मत प्राप्त गर्नुभयो भने प्रकाश शाहले दुई सय ६ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा लोकेश साउँद तीन सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी हरिलाल डगौंरा थारु चौधरीले तीन सय १० मत प्राप्त गर्दा अर्का कोषाध्यक्षका उम्मेदवार टेकबहादुर सोडारीले दुई सय ८२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यमा पृथ्वीराज ढुंगाना, प्रकाश उपाध्याय तिमिल्सिना, नमराज देवकोटा, दुर्गा शाहु, लालबहादुर चौधरी, बमबहादुर रावल, हंश रावल, हेमन्त रावल विजयी भएका छन् । खुला महिला सदस्य तर्फ टीका शाही र जनजाति तर्फ जितबहादुर चौधरी विजयी भएका छन् । दलित महिला सदस्य माया बागदास निर्विरोध निर्वाचित भएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *