संघको सभाहलको शिलान्यास

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० असार /
टीकापुर उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभाहलको शिलान्यास गरिएको छ ।
बिहिवार सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले एक कार्यक्रमका बिच सभाहलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री रावलले आफूहरुले धेरै अगाडिदेखि संघको सभाहल निर्माण गर्न खोजेको बताएका छन् । ‘व्यापारी, व्यवसायीहरुलाई आवश्यक पर्ने तालिमहरु सञ्चालनका लागि सभाहल आवश्यक थियो । त्यसका लागि मैले भवनको लागि बजेट विनियोजनका लागि प्रदेश सरकारलाई आग्रह गर्दै आएको थिए ।” मन्त्री रावलले भने, “अहिले पनि थोरै बजेटमा हामीले शुरुवात गरेका छौं, यसलाई पूरा गर्न प्रतिबद्ध म छु र यसमा सहयोग गर्न समेत सबैलाई आग्रह समेत गर्दछु ।”
सभाहल निर्माण भए यस क्षेत्रको व्यापारमा नवीनतम् प्रविधि र अभ्यासहरु गर्न सहज हुनेमन्त्री रावलले बताएका छन् । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बजेट विनियोजन गरिदिएकोमा धन्यवाद दिँदै यसलाई पूरा गर्नको आगि प्रदेश सरकारसँग आवश्यक बजेटको माग समेत गरेका छन् । “हामिसँग सभाहल नभएका कारण ठुला तालिम तथा सेमिनारहरु सञ्चालन गर्न सकेका छौनौं ।, अध्यक्ष भण्डारीले भने, “भ्याटलगायतका तालिमहरु सञ्चालन गरेर यस क्षेत्रको व्यावसायिक टे«ण्ड बदल्नका लागि पनि व्यापारीकै हल आवश्यक थियो, जसको निर्माण शुरु भएको छ ।”
अध्यक्ष भण्डारीका अनुसार तीन तलामा निर्माण हुने सभाहलको कुल लागत ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षमा ४० लाख, आगामी आर्थिक वर्षमा ५० लाख प्रदेश सरकारले रकम विनियोजन गरेको छ । भुइँतलामा कर्मिसियल सटरहरु र माथिल्ला तलाहरुमा सुविधा सम्पन्न सभाहल हुनेछ । सभाहलको निर्माण कार्य शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *