संघियता खारेजीको माग गर्दै जनमोर्चाको विरोध सभा

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १४ मंसिर /
संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले कैलालीको लम्कीमा विरोध सभा गरेको छ।
वर्तमान सरकारले देशमा भ्रष्टाचार मौलाएको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज बताएका छन।भट्टले संघियताको नाममा ब्रम्हलुट गरि देशलाइ हरिकंगाल बनाउन खोजी बताउदै संघियता खारेज गर्नको लागी आम नेपाली जनता सडकमा आउनुपर्नेमा जोड दिएका छन।भ्रष्टाचारीको संरक्षण गरेर भ्रष्टाचारीको मनोबल बढाउने काम वर्तमान सरकारले गरिरहेको नेकपा मसालका कैलालीका प्रवक्ता मिलन शाहीले बताएका छन। उनले एस्तै गरि भष्टाचार बढीरहनेहो भने देश छिट्टै सिक्कीमीकरण हुने खतरा रहेकाले आफुहरुले जनमोर्चालाई साथ दिएको शाहीले बताए।  राष्ट्रियताको खोक्रोे नारा लगाएर वर्तमान सरकारले सरकारमाबसिरहनु उपयुक्त नभएको शाहिको भनाइ रहेको थियो ।
कैलालीको लम्कीमा आयोजना गरिएको बरोध सभालाइ राष्ट्रिय जनमोर्चाका कन्द्रिय सदस्य नन्दराज भट्ट किसान संघ का केन्द्रिय सदस्य हरिकृष्ण पाण्डेय अखिल नेपाल युवा संघका केन्द्रिय महासचिव कृष्णराज पाण्डेय र राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सदस्य  मेयर जंग शाही लगाएतकाले संघियता खारिजीको माग गर्दै मन्तब्य ब्यक्त गरेका थिए। राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम संज्यालको अध्यक्षतामा भएको बिरोध शभासम्पन्न कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामकृष्ण रेग्मीले संचालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *