एकता मजबुत हुने आसामा नेकपाका नेताकार्यकर्ता

शेयेर गर्नुहोस

झलनाथ खनाल , टीकापुर १५ मंसिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवादले उत्कर्षमा पुगेको बेला तल्लो तहका नेताहरु भने अझै पार्टीको आन्तरिक विवादकोसमाधान हुने आसामा देखिएका छन।
पछिल्लो सयम पार्टीका दुबै अध्यक्षले आआफ्नो प्रतिबेदन प्रस्तुत गरेसंगै विवाद झन बल्झने संकेत देखिएको बेला तल्लो तहका नेता कार्यकर्ताहरु अझै पार्टीको विवाद समाधान भइ अझै सुदृढ हुने आसामा देखिएका हुन।
नेकपाकी केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा) ले पार्टी बिधान अनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताउनुभएको छ। बिगतका एक अर्काको कमि कमजोरीलाई ल्याएर पार्टीलाई कम्जोर बनाउने काम भइरहेको बताउदै शाहले भन्नुभयो ” हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो। २५ बर्ष पहिले कस्ले के गर्यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन।यो जनताको बिश्वास जित्ने समय हो त्यस्मा पार्टी एकताबद्ध हुनुको विकल्प छैन।”
पछिल्लो समय आएका प्रतिबेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताहरुले कार्यशैली सुधार गर्नुपर्ने शाह बताउनुहुन्छ। “अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो। तल्लो तहका नेता कार्यकर्तामा निराशा छ।” शाहले भन्नुभयो,” पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ। पार्टीको एकतालाई मजबुत बनाउदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन।”
नेकपा सुदुरपश्चिम प्रदेश सचीव नेपबहादुर चौधरीले दुबै अध्यक्षको प्रतिबेदन आएको अबस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाबिक भएको बताउदै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफुहरु बिस्वस्त रहेको बताउनुभएको छ। उहाँले ब्यातिगत धारण राख्ने स्वतन्त्रता सबैमा भएको भन्दै बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुत बनाएर लैजाने कुरामा सबैको एक मत रहेको बताउनुभयो । “पार्टी एकता भएको तीन महिना भित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो। त्यो हुन सकेन। त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ।” सचीव चौधरीले भन्नुभयो, ” एकताले पार्टी मजबुत बन्यो। झण्डै दुई तिहाइको सरकार बन्यो। अपेक्षित उपलब्धि भने हासिल हुन नसकेकै हो। तर पनि देशमा स्थाइत्व नभएको बेला भएको काम भन्दा धेरै राम्रो भएको छ। अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ।” उहाँले देशमा अस्थिरता देख्न चाहनेहरुले नेकपा फुटेको हेर्न चाहेको बताउदै जस्ले समृद्धि र समुनत राष्ट्र भएको हेर्न चाहान्छ त्यस्ले नेकपा फुटेको हेर्न नचाहेको बताउनुभयो।
नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिएपनी त्यस्तो कलह तल्लो तहमा नरहेको दाबी गर्नुभएको छ।उहाँले तल्लो तहका नेताकार्यकर्ताहरु पाटीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको बताउदै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताउनुभएको छ।”जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने। अध्यक्ष थापाले भन्नुभयो, “हामी एकता चाहान्छौ।अहिले फुट्ने नभई जुट्ने बेला हो।”
नेकपाका टीकापुर नगर अध्यक्ष खडक शाहले नेतृत्वमा पात्र प्रधान नहुने भन्दै आफुमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको बताउनुभएको छ। उहाँले सामाजिक संजालहरुमा देखिएका प्रवृत्तिले पार्टीलाई कम्जोर पार्दै जाने भन्दै पार्टीमा अनुसासन सिमा तोडिदै गएकोमा चिन्ता ब्याक्त गर्नुभएको छ। “नेता आफै समाधान कर्ता हो। देखिएका समस्या समाधानका लागि नेता आफै सक्षम छन।” अध्यक्ष शाहले भन्नुभयो, “अहिले पार्टीमा देखिएका उल्झनहरुलाई समाधान गरि एकतालाई झन मजबुत लिनेमा नेताहरूले काम गर्नेमा हामी आशावादी छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *