संविधान सभा सदस्य श्रीपाइलीको पहलमा हुलाकी सडक मर्मत

शेयेर गर्नुहोस


खेमराज पाण्डे
भजनी २६ साउन/
साउन १४ गते आएको बाढीका कारण भत्किएको हुलाकी राजमार्ग अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ सोनाहाफाँटादेखि कृष्णनगरसम्मको सडक खण्ड मर्मत सम्भारको काम सुरु भएको छ।
बाढीका कारण ठाउँ–ठाउँमा भत्किएको सडक मर्मत सम्भार नहुँदा आवत–जावतमा समस्या भइरहेको अवस्थामा संविधानसभा सदस्य हरि श्रीपाइलीको समन्वय तथा स्थानीय जनताको सहयोगमा सडक मर्मतको काम सुरु गरिएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् । उनले भजनी नगरपालिका कार्यापालिका सदस्य कमला ज्ञवाली, वडा नं.८ का वडा सदस्य कृष्णलाला धमला लगाएत स्थानियको सहकार्यमा सडक मर्मत सम्भारको काम भएको बताएका छन।
संविधान सभा सदस्य श्रीपाइलीले भोलि सम्म सडकबाट आवतजावत गर्न सकिने गरि काम भैरहेको बताएका छन। उनले सबै निकायका प्रमुख तथा प्रतिनिधिहरु आएर अनुगमन गरेपनि मर्मतका लागि कतैबाट पनि प्रक्रिया अगाडि नबढेपछी आवागमनलाई सहज बनाउन आफै स्थानियसंग समन्वय गरेर सडक मर्मतमा लागेको जानकारी दीएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *