सडक पुन:निर्माणका लागि मन्त्रीसंग अन्तरक्रिया

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०६ असोज /
यहि भाद्र २ गते राति कैलाशखाेलामा अाएकाे बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र अार्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे जयगढ माझेठाना रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा बाेल्दै भाैतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बाेहराले बिपदबाट क्षति भईसकेपछि अब निरासा पालेर बस्न सकिने अवस्था नरहेकाे बताएका छन ।” ” स्थानीय जनताको माग र रामाराेशन क्षेत्रकाे अावश्यकतालाई मध्यनजर गर्दै पूर्वाधारका क्षेत्रमा भएको नाेक्सानीलाई पुर्ति गर्नेगरि बजेटकाे ब्यावस्थापन गरिने छ।” मन्त्री बोहराले भने,”जयगढ रामाराेशन सडक खण्डलाई सुचारु गर्नका लागि निरन्तर लागिरहेका छौ। सडक बनाएरै छोड्ने छौ।”
यस्तै अार्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहराले ५/१० मिटर तलमाथि गएपनि यहि सडकलाई १५ दिनभित्रै निर्माण सुचारु गरि अगाडि बढ्न निर्माणब्यावसायिलाई निर्देशन दिएका छन ।” छिटोभन्दा छिटाे यहि बाटाेलाई अगाडि बढाइनुपर्छ।” मन्त्री बाेहराले भने,”त्यसका लागि हामी पूर्णरूपमा तयार रहेका छौ। पार्टी पंक्ति स्थानीय तह र सबै सराेकारवालाहरुले सडक निर्माण कार्य अगाडि बढाउन अा अाफ्नाे तर्फबाट सहयाेग गर्न आग्रह पनि गर्दछु।
रामाराेशन गाउपालिका अध्यक्ष झंकर साउदले ताेकिएकाे रुटमा सडक कालाेपत्रेकाे लागि ३ वर्षभित्रै काम सम्पन्न गर्नका लागि निर्माण ब्यावसायिहरुले काम गरिदिनुपर्ने, रामाराेशन क्षेत्रमा २ वटा पक्की पुलकाे प्रक्रिया अगाडि बढाउन र अपुग बजेटकाे ब्यावस्थापनका लागि प्रदेश सरकारलाई अनुराेध गरेका छन।
अन्तरक्रियामा नेकपा जिल्ला सचिव झपट साउद, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बाेहरा, बान्निगढि जयगढ गाउपालिका उपाध्यक्ष लाेकेन्द्र साउद, रामाराेशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, पूर्व जिविस सभापति कृष्णप्रसाद भट्टराई लगायत नेकपा र नेपाली कांग्रेसका प्रमुख पतिनिधि, कर्मचारी र सराेकारवालाहरुकाे सहभागीता रहेकाे थिए।
अनाैपचारिक रुपमा भएको अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण रामाराेशन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *