सप्तऋषिको २७ औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर ०७ फागुन /
सप्तऋषि माद्यामिक बिधालय टीकापुरको २७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
बिधालय सञ्चालन समिति सदस्य तथा कार्यबाहक अध्यक्ष दिनेश कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुरलाई शैक्षिक नगरी बनाउनका लागि सप्तऋषि स्कुलको भुमिका पनि महत्त्वपूर्ण रहेको बताएका छन् । उनले दक्ष जनशक्ति उत्पादनका लागि बिधालयको भुमिका विशेष रहेको बताउँदै आगामी दिनमा पनि त्यो भुमिकाबाट विचलित नहुन सुझाव दिएका छन् ।
शैक्षिक गुणस्तरका विषयमा सामुदायिक भन्दा संस्थागत बिधालय अगाडि रहेको बताउँदै नगर प्रमुख थारुले सेवा सुविधा र साधनस्रोतको हिसाबले सामुदायिक बिधालय अब्बल रहेको बताए । “सबै स्रोतहरु हुँदाहुँदै पनि सामुदायिक बिधालयले शैक्षिक गुणस्तर अझै कायम गर्न सकेका छैनन् । अभावका बाबजुद संस्थागत बिधालय त्यसमा अगाडि छन् ।” नगर प्रमुख थारुले भने, “अन्य बिद्यार्थीहरुको अतिरिक्त क्षमताका हिसाबले फेरि सामुदायिक बिधालय अगाडि छन् । अबका दिनमा दुबै कुरालाई आत्मसात गरेर सामुदायिक र संस्थागत बिधालयहरुको शैक्षिक गतिविधि समानान्तर रुपमा अगाडि लैजानुपर्छ ।”
बिधालयको वार्षिकोत्सब कार्यक्रममा बिधालयका संस्थापक भीमराम चपाई, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल र कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्मा विशिष्ट अतिथि रहेका थिए । सोही अवसरमा बिधालयले शैक्षिकसत्र २०७९ मा कक्षागत प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । बिधालयमा अन्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । बिधालयमा ६ सय ५० जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
बिधालयका प्रीन्सिपल लिखराम चौधरी र अध्ययनरत बिद्यार्थी स्वीकृती चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिधालयका सञ्चालक समिती सदस्य तथा + २ संयोजक शिव राम चौलागाईंले गरेका थिए । स्वागत गर्ने क्रममा प्रीन्सिपल चौधरीले टीकापुरलाई शैक्षिक नगरीको रुपमा चिनाउनका लागि इट्टा थप्ने काम गरेको बताउँदै सधैं सबै क्षेत्रको सहयोग र सल्लाहको अपेक्षा समेत बिधालयले गरेको बताएका छन् । उनले विगतमा कक्षा १० र कक्षा १२ को परिक्षा सञ्चालनको अनुमती पाएको बिधालयले कक्षा ८ को वार्षिक परिक्षा सञ्चालनको अनुमति नगर प्रमुख थारुसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *