सबै ठाउँबाट नगरपालिकाको आलोचना मात्रै

शेयेर गर्नुहोस


टीकापुर १६ माघ /
टीकापुर नगरपालिकका पछिल्ला गतिविधिले यतिबेला सामाजिक सञ्जाल बढी तातेको छ ।
नगरपालिकाले विभिन्न मितिमा गरेका निर्णयले सामाजिक सञ्जाल मात्रै नभई चोक चौराह र चिया पसलका लागि मसला बन्दै आएको छ । नगरपालिकाले नियुक्त गर्ने भनेका १८ जना कर्मचारीको विषय होस् वा अन्य कार्यपालिकाबाट भएका निर्णयहरुमा कार्यपालिका सदस्यहरु नै विरोधमा देखिएको बेला नगरपालिकाको नेतृत्व माथी नै प्रश्न उठ्न थालेको छ । अहिले नगरपालिकाका गतिविधिले समाज नै दुई भागमा विभाजन भएको जस्तो पनि देखिन्छ । एउटा पक्षले नगरपालिकाको नेतृत्वलाई स्वीकार गर्न नसकेको भन्दै आफ्नो तर्क दिइरहेको छ भने अर्कोले नगरपालिकाको नेतृत्व नै असफल भएको बताउँदै आएको छ ।
“नगरपालिकाले गरेका सबै काम राम्रो गरेको छ भनेर भन्न नसकिने अवस्था होला, त्यसलाई हामीले पनि स्वीकार गर्नुपर्छ र गर्छौं पनि ।” स्रोतले भन्यो, “तर यहाँ अहिलेको नेतृत्वलाई स्वीकार गर्न नसक्ने शक्तिले खेलिरहेको खेलका कारण राम्रा कुराहरू पनि नराम्रा हुन थालेका छन् । आवश्यक कुराहरूमा पनि विरोध हुन थालेको छ ।” भानुचोकमा सार्वजनिक शौचालय निर्माण थालेपछि स्थानीयले विरोध जनाउनुलाई पनि नेतृत्व स्वीकार गर्न नसक्ने शक्तिको खेलको रुपमा लिइएको स्रोतको दाबी छ ।
यसअघि नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा समस्या भयो भनेर भन्नेहरू नै आज शौचालय बन्न नदिने पक्षमा छन् । तिनलाई विकासका पक्षधर भन्ने कि विकास विरोधी नगर प्रमुख रामलाल डंगौरा थारु भन्छन् ।नगरपालिकाले लगभग जिर्ण अवस्थामा रहेको पूरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण कार्य सुरु गरेपछि शनिबार स्थानीयले त्यस ठाउँमा शौचालय निर्माण हुनुहुँदैन भन्दै विरोध जनाएका थिए । तर, विगत केही दिन अघि नै नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको तयारी गरेको थियो । ।
नगर प्रमुख थारुले पूरानो शौचालय मर्मत गर्ने अवस्थामा नरहेकाले नयाँ बनाउनु परेको बताएका छन् । उनले नयाँ बन्ने शौचालय निकै व्यवस्थित हुने पनि बताए । ‘यो क्यान्टिन सहितको शौचालय हो । विगतका जस्तो अलपत्र अवस्थामा रहदैन र त्यस्तो दुर्गन्धित पनि हुँदैन ।” उनले भने, ‘नियमित एकजनाले शौचालयको रेखदेख गर्ने व्यवस्था हुन्छ । शौचालय कुनै रहरले नभई स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर निर्माण गर्न लागिएको हो ।” थारुले शौचालय निर्माणमा अवरोध गर्नेमा स्थानीय भन्दा धेरै बाह्य व्यक्तिहरु रहेको पनि खुलाए । उनले शौचालय निर्माणको काममा अवरोध गरेर राजनीति गर्न खोजेको आरोप समेत लगाएका छन् ।
केही स्थानीयले विरोध गरेपनि आसपासका ब्यापारीहरु भने शौचालय निर्माणको पक्षमा देखिएका छन । उनीहरु मध्ये कतिपयले घरधनीले शौचालय प्रयोग गर्न नदिएका कारण पनि आफूहरु वर्षौदेखी समस्या भोग्दै आएको गुनासो पोखेका छन् । एशियाली विकास बैंकको आर्थिक सहयोगमा नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो । सो शौचालय २० लाखको लागतमा निर्माण हुने बताईएको छ ।
कुरा सार्वजनिक शौचालयको मात्रै होइन, अन्य कुरामा पनि नगरपालिकाको व्यापक आलोचना भने हुँदै आएको छ । नगरपालिकाले टीकापुर पार्क, घण्टा घर, चिल्ड्रेन पार्क लगायतका क्षेत्रको सम्भाव्यता अध्ययनका लागि पाँच लाख बजेट विनियोजन सहित सिफारिस गरेको बिज्ञ टोलिको पनि अहिले विरोध हुँदै आएको छ ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *