समिक्षा तथा संवाद कार्यक्रम बैठक सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २३ मंसिर /
नारी परियोजनाको टिकापुरमा स्थानीय , प्रादेशिक र संघीय सरकारका स्वास्थ्य सरोकारवालाहरु बिच कोभिड-१९ र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समिक्षा तथा सम्बाद कार्यक्रम सम्पन्न भएको छ। वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, अस्ट्रेलियन सरकार र बाल कल्याण संघ टीकापुर र स्वास्थ्य कार्यालय तथा परियोजना लागु भयका स्थानीय तहको को संयुक्त आयोजनामा स्थानीय , प्रादेशिक र संघीय सरकारका स्वास्थ्य प्रतिनिधिहरु तथा स्थानीय तहका ३० वटा स्वास्थ्य संस्थाका ३० जना अनमीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड-१९ र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समिक्षा छलफल तथा अनुभव आदान प्रदान गरियको थियो । साथै नारी परियोजनाको लक्ष्य, प्रगति तथा आगामि योजनाका बारेमा पनि छलफल भयो।

कार्यक्रममा संघिय सरकारका प्रतिनिधि को रुपमा परिवार कल्याण महाशाखा काठमाडौँबाट कार्यक्रम अधिकृत बिध्या डिसी, स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि दिपक जोशी , टिकापुर नगरपालिका स्वास्थ्य संयोजक बल बहादुर रावल, भजनी नगरपालिका स्वास्थ्य उपसंयोजक लक्ष्मी चौधरी,घोडाघोडी नगरपालिका स्वास्थ्य उपसंयोजक यशोदा सापकोट लगायतका सहभागीहरु बाट कार्यक्रम संग सम्बधित प्रतुती/ अनुभव आदान प्रदान गरियको थियो । परियोजनाले अति संकटासन्न महिला तथा अपांगता भएका महिलालाई लक्षित गरि होम आईसोलेशन किट र मर्यादा किट बितरण गरिरहेको र साथै फरक क्षमता भएका महिलाहरुलाई कोभिड-१९ को खोप लगाउनका लागि खोप केन्द्रसम्म निशुल्क यातायात सुबिधा पनि प्रदान गर्दे आईरहेको कुरा सर्हानिय र प्रभावकारी रहेको जानकारी सहभागी प्रतिनिधिहरुले जानकारी गराउनु भयो साथै यस्ता कार्यक्रमले यौन तथा प्रजनन स्वास्थ्यका सेवा लाई कोभिड-१९ को बेलामा पनि कसरि प्रभावकारीरुपमा प्रदान गर्न सकिन्छ भनेर पूर्व तयारी गर्न समेत गर्न सहज हुने बसहभागी हरुले बताउनु भयो । कोभिड-१९ को महामारीको समय यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धिका सेवाहरु बारे बृहत रुप मा समिक्षा तथा सम्बाद गरि आगामी दिनमा पनि कसरि उक्त सेवा हरुलाई अझै प्रभावकारी रुपमा कार्यन्वय गर्न सकिन्छ भनि छलफल गरियको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *