शेयेर गर्नुहोस
टीकापुर १३ माघ /
नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ अन्तर्गत प्रतिनिध सभा सदस्य निर्वाचन केन्द्रित पार्टीका सम्पर्क कार्यालय खुल्न थालेका छन् ।
कैलाली क्षेत्र नं. १ का विभिन्न ठाउँमा निर्वाचन लक्षित पार्टीको सम्पर्क कार्यालय खुल्न थालेका हुन । त्यसैअनुसार सोमबार टीकापुरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रिय सदस्य, उम्मेदवार सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा टीकापुर जमरा पारी निर्वाचन लक्षित सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीका नगर इन्चार्ज दयाराम सञ्ज्यालले जानकारी दिएका छन् ।
त्यसैगरी जोशिपुर गाउँपालिकाको जोशीपुर बजारमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका जोशीपुर गाउँपालिका संयोजक दीर्घ राज बिनाडीको अध्यक्षतामा पार्टी का केन्द्रिय सदस्य हरि ज्ञवाली लगायतको सहभागितामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका उम्मेदवार रामलाल डगौरा थारु सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उम्मेदवार थारुले पटकपटक केन्द्रिय तहमा अभिभावक विहिन बन्दै आएको कैलाली क्षेत्र नं.१ को अभिभावकत्व निर्वाह गरेर स्थानीय तहबाट गर्न नसकिएका कामहरूलाई सहज र नागरिकहरूको पहुँचसम्म पुर्याउन आफु निर्वाचनमा।होमिएको बताएका छन् ।










