सय दिनको प्रगति सार्वजनिक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ भदौ /
टीकापुर नगरपालिकाका उपमेयर खड्कबहादुर शाहले जनतामा परिवर्तनको प्रत्याभूति दिलाउन आफ्नो कार्यकालको एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् । उपमेयर शाहले आफ्नो पदवहालीको १ शय दिनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा मार्फत भएका कामको प्रगति र सुरु गरिएका कामको बारेमा जानकारी दिएका हुन । ‘यो छोटो समयमा जनअपेक्षा अनुरूपका काम गर्न नसकिएपनि थालनी गर्ने प्रत्यत्न गरिएको छ । यसैलाई निरन्तरता दिदैं वर्तमान नेतृत्वले जनतामा परिवर्तनको प्रत्याभूति अवश्य दिलाउने छ ।’ उपमेयर शाहले भने, “त्यसका लागि हामी लागिपरेका छौं ।”
विकासका नाममा असारमा योजना सम्पन्न गर्ने परिपाटीको अन्त्य टीकापुर नगरपालिकाले गर्ने दृढता व्यक्त गर्दै उपमेयर शाले बैशाख मसान्तभित्रै नगरपालिका अन्तरगतका विकास योजनाको अनिवार्य सम्पन्नता, अनुगमन र भुक्तानीको प्रबन्ध मिलाइएको बताए ।
उनले एक शय दिनको यस अवधिमा नगरपालिकाको सुरक्षा, विपद् जोखिम, सामाजिक अपराध न्युनीकरणका लागि ड्रोन खरिद र बहुवर्षीय योजना अन्तरगत प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा झण्डै २ करोड रूपैयाँको लागतमा खाद्य गोदाम निर्माणको प्रक्रिया अघि बढाइएको समेत जानकारी दिएका छन् ।
त्यस्तै फोहरलाई मोहरमा बदल्ने योजना अघि बढाइएको, उज्यालो टीकापुर अन्तरगत नगरभित्र हाइ मास्ट लाइट, स्मार्ट लाइट र सडक वत्ती जडानको कार्य थालिएको समेत जानकारी दिइएको छ ।
टीकापुर अस्पताल नजिकै रहेको मासु पसलहरूलाई तत्काल स्थानान्तरण गरिने, सडक किनारामा अव्यवस्थित तरिकाले राखिएका निर्माण सामाग्री हटाउनुका साथै यस कार्यलाई अभियानकै रूपमा अघि बढाइने समेत उपमेयर शाहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *