सरसफाइ ऐनको मस्यौदा माथी छलफल

शेयेर गर्नुहोस


भजनी २३ असार /
भजनी नगरपालिका स्वास्थ्य तथा सरसफाइ सम्बन्धी प्रस्तावित ऐनको मस्यौदा माथि छलफल भएको छ ।
भजनी नगरपालिकाको आयोजनामा नगरपालिकाले ल्याउन लागेको स्वास्थ्य तथा सरसफाइ सम्बन्धि ऐन माथी आइतबार सरोकारवालासँग सुझाव संकलन सहित छलफल भएको हो । विधेयक समितिकी संयोजक शान्ती देवी चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगर प्रमुख केवल चौधरीले ऐन जारी भएपछि नगरपालिकामा उत्पादन हुँदै आएक फोहोरलाई व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।
सुझाव संकलन तथा अन्तर्क्रिया कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा ,भजनी क्षेत्रमा क्रियाशील मेडिकल क्लिनिकका चिकित्सक, पालिका कानुन शाखा प्रमुख पुर्ण प्रसाद जोशी, स्वास्थ्य संस्था प्रमुख, वडा अध्यक्ष तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले मस्यौदामा समावेश गरिएका प्रावधानहरू माथि प्रभावकारिता तथा स्थानीय आवश्यकताका आधारमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
नगर प्रमुख चौधरीले सरोकारवालाबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै ऐनलाई अझ प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएको सुझावहरुलाई आफुहरुले मनन गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *