सर्ने भयो वडा नं. १ को कार्यालय

शेयेर गर्नुहोस


टीकापुर १६ माघ /
लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको टीकापुर नगरपालिका वडा नं. १ को कार्यालय अहिलेको ठाउँबाट सर्ने भएको छ ।
टीकापुर भानु चोक नजिकै रहेको वडा कार्यालय टीकापुर नगर विकास समितिको कार्यालय रहेको भवनमा सर्ने भएको हो । कार्यालय सार्ने विषयमा नगरपालिकाले यसअघि नै सुचना
जारी गरिसकेको छ । टीकापुर विकास समितिमा कामकाज कम भएपछि समितिको उक्त भवनबाट वडा कार्यालयले प्रवाह हुने सेवा प्रवाह हुनेछन् ।
नगरपालिकाका वडा अध्यक्ष मोहन विकका अनुसार यहीँ माघ महिनाको अन्तिमसम्म वडाको सेवा प्रवाहको काम नयाँ ठाउँबाट सञ्चालन हुनेछ । “अहिले तोकिएको स्थान पनि सेवा प्रवाहको लागि उपयुक्त छ ।” वडा अध्यक्ष विकले भने, “नयाँ ठाउँबाट सेवा प्रवाह गर्दा हामीले तिर्नुपर्ने भाडा तिर्नुपर्ने छैन ।”
तत्कालीन वडा अध्यक्ष गंगाराम आचार्य वडाको जिम्मेवारीमा हुँदा वडा कार्यालय त्यहाँ सारिएको थियो । वर्तमान वडा अध्यक्ष विकले वडाको भवन निर्माणका लागि निकै पहल गरे पनि जग्गाको सुनिश्चितता नहुँदा भवन अझै निर्माण हुन सकेको छैन । नगरपालिकाको गोलघरको सपिङ्ग कम्प्लेक्स भत्काएर वडा कार्यालय निर्माण गर्ने भनिए पनि त्यो सम्भव नहुँदा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको एक करोड भन्दा बढी रकम फ्रीज गएको थियो ।
पुरानो खानेपानी ट्याङ्की रहेको क्षेत्रबाट लामो समयदेखि सञ्चालन हुँदै आएको वडा कार्यालय २०७४ सालको स्थानीय तहको निर्वाचनपछि वडा कार्यालय ठाउँठाउँमा सारिँदै आएको थियो । विकास समितीको कार्यालयमा वडा कार्यालय सरेपछि यथावत स्थानबाट सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *