सहकारीको २३ औं वाषिर्कोत्सव

शेयेर गर्नुहोस


टीकापुर ०२ भदौ /
सामुदायिक सहकारी संस्था लिमिटेडको २३ औं वार्षिकोत्सब समारोह शुक्रबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष पहल बहादुर बस्नेतको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रवक्ता बलिराम चाैधरीले टीकापुर नगरपालिका भित्र करिब ७५ वटा सहकारी रहेको बताउँदै केही सहकारी मात्र चालु रहेको र समाज केन्द्रित रहेको बताएका छन् । उनले सामुदायिक सहकारीले समुदाय लगायत शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको गरेको बताउँदै समुदायका लागि सामुदायिक सहकारी बैंकको रुपमा काम गरिरहेको बताएका छन् । “सहकारीको मेरुदण्ड शेयर सदस्य हुन, उहाँहरुलाई माथि उकास्नु सहकारीको जिम्मेवारी हो ।” उनले भने “यदि कुनै पनि सहकारी संस्थाहरूमा शेयर सदस्य छैनन् भने त्यो संस्था कहिल्यै माथि उठ्न सक्दैन । शेयर सदस्य विना सहकारीको कल्पना समेत गर्न नसकिने बताएका छन् । उनले सहकारीलाई जोगाइ राख्नका लागि शेयर सदस्यहरुलाई बचाइ जरुरी रहेको समेत बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सहकारी संस्थाले समुदाय आर्थिक गतिविधिलाई चालायमान गराउन सहज बनाएको बताउँदै ग्रामीण क्षेत्रका समुदायहरुमा सहकारी संस्थाहरुले बैंकको जस्तो काम गरिरहेको बताएका छन् । वडा नं. ७ वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सहकारी ग्रामीण क्षेत्रका नागरिकहरूका लागि महत्त्वपूर्ण माध्यम भएको बताएका छन् ।
कार्यक्रममा शेयर सदस्यद्वय नवराज हमाल, नरेश्वर धमला, भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनिराम ढुङ्गाना, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारी संंस्थाका शेयर सदस्य कृष्ण लाल धमलाले सञ्चालन सचिव कृत ठकुल्लाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *