सात समुहलाई पोलि हाउस वितरण

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ असार /
टीकापुर नगरपालिका वडा नं. १ ले कृषि समुहलाई बेमौसमी तरकारी खेतीका लागि पोलि हाउस वितरण गरेको छ ।
वडा कार्यालयको चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत सात कृषि समुहलाई दुईदुई वटा पोलि हाउसका दरले वितरण गरिएको वडा सचीव चक्रबहदुर रावलले बताएका छन् । चालू तर्फको दुई लाख बजेटबाट कृषि समुहको आगको आधारमा छनोट भएका कृषि समुहलाई पोलि हाउस वितरण गरिएको हो । मंगलबार पोलि हाउस वितरण कार्यक्रममा वडा अध्यक्ष मोहन विकले सिजनमा मात्रै नभै बेसिनमा पनि तरकारी उत्पादनका लागि समुहलाई सहज होस भन्ने उद्देश्यले पोलि हाउस वितरण गरिएको बताएका छन् ।
उनले सामुहिक तरकारी खेतिमा आइपर्ने समस्या समाधानका लागि पनि पोलि हाउसले सहयोग गर्ने बताउँदै बजारको मागलाई पुर्ती गर्नेगरी कृषि समुहले तदारुकता देखाउनुपर्ने बताएका छन् । “अहिले पनि हाम्रो बजारको मागलाई हाम्रो उत्पादनले धान्न सकेको अवस्था छैन । बाह्य तरकारीको भरमा हाम्रो बजार चलिरहेको छन् ।” वडा अध्यक्ष विकले भने, “बजारको मागलाई धान्न सक्ने उत्पादन यहाँ कै किसानले गर्न सक्नुपर्यो । त्यसका लागि चाहिने आवश्यक सहयोगका लागि हामी सधै तयार छौं ।” उनले पाएको बस्तुको सहि प्रयोग गरी त्यसबाट फाइदा लिनसक्नुपर्ने पनि बताएका छन् ।
कार्यक्रमका वडा सदस्य प्रेमकला चौधरीले अरुले दिएको सामानको खासै प्रवाह नगर्ने हाम्रो समाजमा यसरी वितरण गरिएका बस्तुले राम्रो नतिजा दिन नसकेको बताउँदै त्यसलाई ध्यानमा राखेर उत्पादनलाई बढाउन कृषि समूह लाग्ने विश्वास ब्याक्त गरेकी छन् । कार्यक्रममा पोलि हाउस ग्रहण गर्दै दिदी बहिनी कृषक समुहकी कमला शाहीले पोलि हाउसले बेमौसममा पनि उत्पादनलाई समस्या हुन नदिने बताउँदै त्यसबाट बढी भन्दा बढी फाइदा लिने प्रयास गरिने बताएकी छन् । सहभागी नरेश रावलले मौसमी उत्पादनले बजार पाउन मुस्किल हुने गरेको अवस्थामा बेमौसमी उत्पादनले बजार पाउने र राम्रो आम्दानी गर्न सकिने भएकोले पनि पोलि हाउस समुहको लागि लाभदायक हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *