साथीको छैठौं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर २८ असार /
साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्राली टीकापुरको छैठौं वार्षिकोत्सब कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
साथी अस्पतालका कार्यवाहक अध्यक्ष पुष्पराज उपाध्यायको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीले राज्यले मात्रै सबै क्षेत्रमा परिपुर्ति गर्न नसकिने भन्दै त्यसमा निजि क्षेत्रको पनि लगानी हुनुपर्ने बताएका छन् । उनले त्यसमा पनि स्वास्थ्य क्षेत्र अझै महत्त्वपूर्ण हुने बताएका छन् । अध्यक्ष सोडारीले संघसंस्था बलियो बनाउन सकेपछि मात्रै समुदायलाई बलियो बनाउन सकिने बताएका छन् ।
“संघसंस्था कहिल्यै कसैको प्रतिस्पर्धी हुँदैनन् र हुनु पनि हुँदैन । हुनुपर्छ त एकाअर्काको परिपुरक ।” अध्यक्ष सोडारीले भने, “हाम्रा संघसंस्था मजबुत भएपछि मात्रै हाम्रो समाजलाई मजबुत बनाउन सक्छौं ।” उनले बहस र छलफल हुँदा ब्याक्तिबादी सोचका कारण संस्थालाई बलियो बनाउन नसकिएको बताएका छन् । अध्यक्ष सोडारीले टीकापुरमा बाहिर गएर कार्यालय समयभन्दा अन्य समयमा काम गर्ने बाताबरण नभएका कारण पनि चिकित्सक आउन नमान्ने भन्दै निजि र सामुदायिक संस्थाहरु प्रतिस्पर्धी नभएर समन्वय र सहकार्यबाट अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा अस्पतालका प्रबन्धक निर्देशक नागेन्द्र बहादुर शाहीले सामुदायिक अस्पतालको परिपुरकको रुपमा साथी अस्पतालले काम गर्दै आएको बताएका छन् । उनले नेपाल सरकारको मापदण्डअनुसार अस्पतालले दिनुपर्ने १० प्रतिशत भन्दा बढी सेवा नि:शुल्क सेवा प्रवाह गरेको बताएका छन् । उनकाअनुसार अस्पतालले चालू आर्थिक वर्षमा दुई लाख २२ हजार ६ सय दुई लाख बराबरको नि:शुल्क सेवा प्रवाह गरेको छ भने ७४ हजार तीन सय ५५ रुपैयाँ बराबरको औषधि नि:शुल्क सेवाग्राहीलाई उपलब्ध गराएको छ ।
अस्पतालका संस्थापक अध्यक्ष शंकरप्रसाद शर्माले निजि अस्पताल भएपनि पहिलो उद्देश्य स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गर्ने नै भएको बताएका छन् । उनले ६ वर्षको अवधिमा अस्पताल सञ्चालनमा आएका कठिनाइलाई समाधान गर्दै स्वस्थ्य क्षेत्रको विकासमा इट्टा थप्ने काम गरेको दाबी गरेका छन् । अस्पतालका सचीव फुरुलाल चौधरीले सञ्चालन गरेको कार्यक्रमा सेयर सदस्यको तर्फबाट नाथुराम चौधरीले धारणा राखेका थिए । अस्पतालको वार्षिकोत्सबमा चारजना कार्यरत कर्मचारी सम्मानित भएका छन् जसअनुसार आशिष चौधरी, सुरत चौधरी, राजकुमारी चौधरी र चन्द्रा भुल रहेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *