साधकले ल्याए रेकर्डिङ स्टुडियो संचालनमा

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २१ पौष /
लामो समयदेखि संगीत क्षेत्रमा लागेका टीकापुरका शिशिर साधकले अत्याधुनिक सुबिधा सम्पन्न रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् ।
संगीतकार साधकले धनगढी उपमहानगरपालिका वडा नं. २ एसटिएस सिनेमा नजिकै करिब १२ लाखको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न ‘साधक रेकर्डिङ स्टुडियो’ सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा सुदूरपश्चिम प्रदेशबाट नव प्रतिभाहरु उत्पादन हुने क्रम बढे सँगै सुदूरपश्चिम क्षेत्रमा सुबिधा सम्पन्न रेकर्डिङ स्टुडियो नभएकै कारण महङ्गोमा कलाकारहरुले गीत रेकर्डिङ गर्नुपर्ने बाध्यताको अन्त्य होस् भन्ने उद्देश्यका साथ रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको साधकले बताएका छन् ।
‘हामीले संगीत सिक्ने क्रममा पनि धेरै संघर्ष गर्नुपरेको थियो । अहिले पनि राम्रो कला भएको व्यक्ति मोफसलमा बस्न चाहँदैन ।’ साधकले भने, ‘केही गर्नु छ भने आफ्नै ठाउँमा गर्नुपर्छ । पहिले पनि हामीले टीकापुरबाटै संगीत कक्षा सुरु गरेका थियौं ।’
स्थानीयस्तरका कला, संस्कृति र आर्थिक स्थिति कमजोर भएका नवप्रतिभालाई कम लगानीमा गुणस्तरीय संगीत दिने र स्थानीय स्तरका कला, संस्कृतिको जगेर्ना गर्नु स्टुडियोको मुख्य उद्देश्य रहने संगीतकार शिशिर साधकले बताएका छन् । ‘सांगीतिक क्षेत्रको ठूलो सम्भावना रहेको धनगढीमा आफूले लामो
समय संगीतकारमा बिताएका अनुभवलाई अत्याधुनिक रेकर्डिङ सामाग्रीको सदुपयोग गरेर सस्तोमा गुणस्तरीय संगीत दिन रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छौं ।’ उनले भने—‘अब मान्छे काठमाण्डौ जान रुचाउने छैन, किन कि ? काठमाण्डाकौ राम्रो स्टुडियोले प्रयोग गर्ने रेकर्डिङ सामाग्री नै हामीले प्रयोग गरेका छौं, गायकमा निखार ल्याएर संगीत दिनेछौं ।’ केही समय भागवत क्षेत्रमा समेत आफ्नो राम्रो छवि बनाइसकेका साधकले आगामी दिनमा यसलाई थप बढाउँदै लैजाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *