सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर २२ कार्तिक /
खड्ग स्मृति माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
बिधालयको शैक्षिकसत्र २०८१ तथा आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा बिधालय निरीक्षक नरेश अवस्थी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ वडा अध्यक्ष मोहन विक र विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तर्कराज रेग्मी रहेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अवस्थीले विद्यालयले समयमै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउँदै पहिलो चौमासिक भित्र सामाजिक परिक्षण सम्पन्न गरेर प्रतिवेदन बुझाइसक्नुपर्ने व्यवस्था रहेको बताएका छन् । उनले विद्यालयले शिक्षणको विषयमा पहिलेको दाजोमा राम्रो गरेको बताउँदै आगामी दिनमा त्यसलाई अझै राम्रो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा अभिभावक हरिकला विक, शिक्षक हिर्दयराज रेग्मी, विद्यार्थी अस्मिता न्याैपाने, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी, विद्यालयका निवर्तमान प्रधानाध्यापक केशर बहादुर रावल, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जोगी रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक झनकराज ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक जित बहादुर चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *