शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०३ साउन /
सामुदायिक सेवा केन्द्रको पदभार तथा सपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
चौथो चुनावी साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले सामुदायिक सेवा केन्द्रले टीकापुरको विकासमा एउटा इट्टा थप्ने काम गरेको बताएका छन् । स्थानीय तहको न्यायीक समितीसँग सामुदायिक सेवा केन्द्रको समन्वय हुन आवश्यक रहेको बताएका छन् । “समाजको परिवर्तनका लागि समाजका हरेक क्षेत्रसँग स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार छ ।” वडा अध्यक्ष विकले भने, “त्यसका लागि चाहिने आवश्यक आर्थिक भौतिक सहयोगका लागि हामी तत्पर छौं ।”
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक परियारले सामुदायिक सेवा केन्द्रले समाज रुपान्तरणका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउँदै समाजमा सबैलाई सम्मानजनक भुमिकामा ल्याउन सकेपछि मात्रै यसको भुमिका समुदायमा देखिने बताएका छन् । नेपाली काँग्रेसका टीकापुर नगर सचीव प्रकाश शाहले सार्वजनिक संस्थाहरु नै राजनीतिक ब्याक्तीहरुको समाजसेवा गर्ने ठाउँको रुपमा विकास गर्न आग्रह गरेका छन् । उनले राजनीतिक दलको बिचार र आस्थालाई त्यागेर संस्थामा बसेर राजनीति ढंगबाट समाजमा फरक अभियानको रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका टीकापुर नगर सचिब रामबहादुर विकले संस्थामा सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता रहनेगरी अगाडि बढ्न सुझाव दिएका छन् ।
जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचीव विरेन्द्र साउँदले सामाजिक संस्थालाई राजनीति गन्ध नआउने गरि काम गर्न आग्रह गरेका छन् । उनले चुनावमा देखिएको राजनीतिक विचारलाई संस्थामा नपुर्याउन आग्रह गर्दै समाजको सेवामा एकताबद्ध भएर सहकार्य र समन्वयका साथ अगाडि बढ्न आवश्यक देखिएको बताएका छन् । सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष मोहन नाथ यौगीले सामुदायिक सेवा केन्द्रले अपराध न्यूनीकरण, प्रहरीलाई सहयोग र आवाज बिहिनहरुको आवाज बन्दै आएको बताएका छन् । उनले संस्थाको आर्थिक पाटोमो क्षेत्रमा दु:खद स्थिति भएपनि समुदायको हकहितका लागि निकै जिम्मेवारपुर्ण भुमिकामा रहनुपर्ने अवस्था रहेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष तारा प्रसाद अधिकारीले गरेका थिए भने, कार्यक्रमको सञ्चालन सचीव प्रकाश खड्काले गरेका थिए ।