जानकी गाउँपालिकलिका सूचना मैत्री बन्दै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०३ साउन /
जानकी गाउँपालिकालाई सूचना मैत्री बनाइने भएको छ ।
पालिकाका अध्यक्ष गणेश चौधरीले सोमबार एक कार्यक्रमका बिच सूचना मैत्री गाउँपालिका बनाउने नीतिको शुरुवात गरेको बताएका छन् । कार्यक्रमको शुरुवात गर्दै अध्यक्ष चौधरीले नागरिक र पालिकाबिच सूचनाको कमी हुन नदिन सूचनामैत्री नीति लिइएको बताएका छन् । जहाँ, जोसँग जतिधेरै सूचना छ, त्यही नै शक्तिशाली हुन्छ । त्यो सूचना नागरिकसामु पुग्न जरुरी पनि हुन्छ ।” अध्यक्ष चौधरीले भने ‘पालिकाबासीमा सूचनाको पहुँच बढाउनका लागि अभियानको थालनी गरेका छौं । त्यसमा सबैको सहयोग र सहकार्य चाहिएको छ ।”
उनले गाउँपालिकाका सूचनाहरु नागरिकसम्म पुर्याउन थारु समुदायमा रहेको बडघर र चिरागीलाई प्रयोग गरिने बताएका छन् । ‘गाउँपालिकाका सूचनाहरु वडा कार्यालयमार्फत् प्रिन्ट गरेरै हरेक नागरिकको घरसम्म चिरागी र बडघरहरुको सहयोगमा पुर्‍याइने छ । त्यसबाट नागरिकहरूले छिटो सुचना पाउनेछन् ।” अध्यक्ष चौधरीले भने ‘यसले गर्दा नागरिकले सूचना पनि पाउने भए भने चिरागी र बडघर प्रथा पनि जीवन्त हुने भयो ।”
उनले सूचना सम्प्रेषणका अन्य माध्यमहरुको समेत प्रयोग गरिने बताए । समयानुकुल प्रविधिहरुको समेत प्रयोग गर्ने बताउँदै अध्यक्ष चौधरीले नागरिकसँग सूचना लुकाउन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *