सार्वजनिक सुनुवाइ कार्यक्रम सप्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०८ मंसिर /
कैलालीको भजनीमा रहेको वन देवी सामुदायिक वन उपभोक्ता समूहको १३औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।
कैलालीको भजनी नगरपालिका २,६र८ रहेको वन देवी सामुदायिक वन उपभोक्ता समूहको १३औं वार्षीक साधरण सभा सभाध्यक्ष संस्थाको अध्यक्ष अवजीत चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवि, बुद्वजिवि र संरक्षणप्रेमी गंगा राम चौधरी रहेको कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन कार्यालय भजनीका वन रक्षक प्रकाश विक, वडा नं८का वडा सदस्य कृष्णलाल धमाला र वडा नं६का वडा सदस्य थम्मन चौधरी अतिथिमा विद्यालय का प्रअ,विद्यार्थी, उपभोक्ता, पत्रकार भलमन्सा,महिला दिदीबहिनी र वातावरण प्रेमी, संरक्षण प्रेमी र समाजसेवि लगाएतका उपस्थित रहेको थियो।
कैलाली जिल्लाको भजनी नगरपालिका २,६र८कटनपुरमा रहको समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७७/०७८ को आर्थिक वर्षमा ३६ लाख ३० हजार ७ सय ९७को आय रहेको छ।भने २८लाख ३१हजार ७सय १ को व्याय रहेको छ भने त्यसैगरी ७ लाख ९९हजार ६ रुपैयाँ बैंक मौज्दात रहेको लेखापाल सुदिप कुमार चौधरीले प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,तालतलेवाबाट आयआर्जन बाट जीविका टेवा पुग्ने , सुशासन राम्रो काम गर्दै आएको, नमूना सामुदायिक वनमा जोड, दुनाटपरी व्यवस्थाको,संरक्षण गर्न ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने स्थानिय निकाय सधैं सामुदायिक वनले हातेमालो गर्दै जाँदा संरक्षणमा टेवा पुग्ने बताएका छन्।साथै सामुदायिक विद्यालयका ११जना छात्र छात्रा जेहेन्दार,गरीब विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै नगद सहयोग गरेको छ।भने १२जना वनप्रेमी, संरक्षण प्रेमीलाई मायाको चिनो तथा दोसल्ला ओढाई सम्मान गरेको छ। उक्त कार्यक्रमको स्वागत मन्तव्य संस्था उपध्यक्ष लेखराम चौधरीले गरेको कार्यक्रमको संचालक लेख संयोजक शंकर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *