सिएमसीलाई स्वागत तथा बधाई

शेयेर गर्नुहोस


समाधान समाचार, अत्तरीया, १९ चैत्र /
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगर स्थित एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छबिलाल जैशी सहितको नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान गरिएको छ । सहकारीका अध्यक्ष सुरज बोगटीको सभापतित्वमा भएको कार्यक्रममा क्लबका अध्यक्ष जैशीले सहकारी अभियानमा थप टेवा दिने उदेश्यले कोअपरेटिभ म्यानेजर्स क्लब कैलाली गठन गरिएको बताउनुभयो । सहकारी क्षेत्रको ज्ञान नभइकनै थुप्रै सहकारी संस्थाहरु खुल्ने तर राम्रोसँग संचालन हुन नसकेरै बीचैमा डुब्ने गरेको भन्दै जैशीले सहकारी क्षेत्रलाई राम्रो बनाउनको लागि सहकारी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । सहकारीका संचालक, कर्मचारी तथा शेयर सदस्यहरुलाई आवश्यकता अनुसारका तालिमहरु दिन जरुरी रहेको उहाँले बताउनुभयो । स्वनियममा चल्ने उदेश्यका साथ स्थापना हुने भएकोले सहकारी संस्थाहरुले नियामक निकायले अनुगमन गर्ला भनेर धेरै अपेक्षा गर्ने भन्दापनि सहकारीकर्मिहरु आफैले सहकारीलाई कसरी राम्रोसँग संचालन गर्ने भन्ने विषयमा योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कोअपरेटिभ म्यानेजर्स क्लबले विशेष गरेर तालिम संचालनलाई प्राथमिकता दिनेपनि जैशीले बताउनुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै सहकारीका अध्यक्ष बोगटीले जिल्लामा रहेका जिल्ला सहकारी संघ, जिल्ला बचत संघ लगायतका संघहरुलाई थप सशक्त बनाएर अगाडि बढाउनको लागि पनि म्यानेजर्स क्लबले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । सबैको एकताबाट सुदूरपश्चिमको सहकारी अभियान थप शसक्त बन्दै अगाडि बढ्नेमा बोगटीको विश्वास थियो । कार्यक्रममा एकता समाजकि अध्यक्ष कलावती साउँद, सिर्जनशिल महिला बहुउदेश्यीय सहकारीकि व्यवस्थापक गौरी चौधरी, सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारी, नवराज न्यौपाने, महासचिव रुद्र प्रसाद खनाल, कोषाध्यक्ष प्रकाश कुमार जोशी लगायतले मन्तव्य राख्नुभएको थियो ।
सहकारीका लेखा समिती संयोजक टेकबहादुर सारुमगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सहकारीका सचिव रमेश बोगटीले संचालन गर्नुभएको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *