शेयेर गर्नुहोस
टीकापुर ०२ मंसिर/
सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापकहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको स्थानिय पालिकाहरुमा संगठन विस्तार गर्ने क्रममा शनिबार जोशिपुर गाउँपालिकामा शाखा विस्तार गरिएको छ ।
नरपता बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक पूणर् बहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय सिएमसी जोशिपुर शाखा गठन गरिएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको उपस्थितिमा शाखा विस्तार गरिएको हो । जोशिपुर क्षेत्रका व्यवस्थापकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष जैशीले सहकारी अभियानलाई थप सशक्त बनाएर अगाडि बढाउन सहकारीका व्यवस्थापकहरु सक्षम हुन आवश्यक भएको बताउनुभयो । त्यसको लागि क्षमता विकास लगायतका विभिन्न तालिमहरुमा सिएमसीले सहजिकरण गर्नेमा उहाँको जोड थियो । ७ सदस्यीय समितीको उपाध्यक्षमा साना किसान कृर्षि सहकारी संस्थाका व्यवस्थापक तृसना कुमारी भट्ट, सचिवमा मधुवन घैला ग्रामिण विद्युत सहकारी संस्थाका व्यवस्थापक ज्ञान बहादुर डगौरा र कोषाध्यक्षमा विकास कृर्षि सहकारी संस्थाका व्यवस्थापक प्रेमसिंह कठरिया निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा केदारनाथ ग्रामिण विद्युत सहकारीका संस्थाका व्यवस्थापक विन्दु कुमारी डगौरा, बिहानी ग्रामिण विद्युत सहकारी संस्थाका व्यवस्थापक केशव चौधरी र निसराउ बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक अप्सरा कुमारी चौधरी रहनुभएको छ । आगामी मंसिर २९ गते कैलाली जिल्ला अधिवेशन गर्न लागेको सिएमसीले त्यसअघि कैलालीका १३ वटै पालिकाहरुमा शाखा समिती गठन सम्पन्न गर्ने गरी विभिन्न पालिकाहरुमा शाखा विस्तार कार्य गर्दै आएको सिएमसी कैलालीका अध्यक्ष जैशीले जानकारी दिनुभयो ।