सिमान्तकृत परिवारलाई व्यावसायिक सीप सामाग्री सहयोग

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी वैशाख २८/
दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित पोषण तथा उत्थानशील परियोजना अन्तर्गत परियोजनासँग जोडिएका (आरसी) परिवारको आर्थिक आम्दानी वृद्वि गर्नका लागि व्यावसायिक सीप सामाग्री सहयोग गरिएको छ ।
परियोजना लागू भएको टीकापुर र भजनी नगरपालिकाका १५ जना आर.सी बालबालिकाका परिवारलाई व्यावसाय स्थापना गरी आर्थिक जीविकोपार्जनमा पहुँच पुर्याउने उद्देश्यका लागि विभिन्न प्रकारका सामग्री वितरण गरिएको हो । मोटरसाइकल मर्मत पसल, नास्ता पसल, फ्रेस हाउस व्यवसाय, फनिर्चर व्यवसाय, किराना पसल र सिलाई कटाई व्यवसायका लागि भजनी नगरपालिका वडा नं १, २, ३, ५ र ७ त्यसैगरी टीकापुर नगरपालिका वडा नं ६, ७, ८ र ९ गरी १५ जना व्यवसायलाई ८ लाख ६५ हजार बराबरको सामग्री वितरण गरिएको परियोजना अधिकृत विनोद शाहले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा भजनी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष केशव बुढाले लक्षित समुदायलाई व्यवसायतर्फ उन्मुख गराई आर्थिक आम्दानीमा वृद्धि र घरपरिवारमा समृद्वि ल्याउन सकिने बताएका छन् । कार्यक्रमको अध्यक्षता दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार गरेका थिए भने कार्यक्रममा संस्थाका सह सचिव धनिराम राजी, कर्मचारी रिता चौधरी, खुशी राम चौधरी, प्रेमा विक लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम सञ्चालन प्रेम पाण्डेले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *