सुर्यनगरको अध्यक्षमा नाथ

शेयेर गर्नुहोस


टीकापुर २८ वैशाख /
टीकापुर नगरपालिका वडा नं. १ स्थित सुर्यनगर टोल विकास संस्थाको नेतृत्वमा उमेश नाथ दोहोरिएका छन् ।
संस्थाको आइतबार भएको दोस्रो साधारण सभाले नाथलाई दुई वर्षमा लागि दोस्रोपटक नेतृत्वमा दोहोर्‍याएको हो । त्यसैगरी उपाध्यक्षमा देवा कट्टेल, सचिवमा डम्बर कला जैशी, सहसचिवमा पार्वती दास र कोषाध्यक्षमा नीरा गिरि साउँद चयन भएका छन् । साथै संस्थाको सल्लाहकार समितिमा बिक्रम बहादुर शाही र छत्र बहादुर शाहीलाई चयन गरिएको अध्यक्ष नाथले जानकारी दिएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले टोल विकास संस्था स्थानीय सरकारको साझेदार संस्था भएको उल्लेख गर्दै स्थानीय सरकारले जनतासँग गर्ने हरेक कामहरू टोल विकास संस्था मार्फत गर्दै आएको बताएका छन् । उनले आगामी दिनमा अझै टोल विकास संस्थालाई थप सशक्त र सुदृढ गर्दै लैजाने उल्लेख गर्दै टोल विकास संस्थालाई उद्यमसँग जोडेर रोजगारी सिर्जनाको कामलाई अगाडि बढाउन स्थानीय सरकारले कार्यक्रम तय गर्ने बताएका छन् ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *