सुर्या लाइफ द्वारा विमादाबी भुक्तानी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ असार /
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी प्रदान गरेको छ ।
लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो । उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल ,लम्की शाखा प्रमुख सुरेश जैसी ,टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर भरत कुमार कामी ले हस्तान्तरण गर्नुभयको थियोे ।
बिमित रत्ना सुनारको कालगति का कारण असामहिक निधन पछि निजका छोराले मृत्यु दाबी गर्दा कम्पनीले सो रकम भुक्तानी गरेको हो ।
बिमित सुनारले २ लाख ५० हजार को जीवन बिमा गरेकोमा प्रथम बिमा शुल्क २५६४२/-रुपैया जम्मा गरेका थिय । कार्यक्रममा कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल,लम्की शाखा प्रमुख सुरेश जैसी,टिकापुर शाखा प्रमुख धन सिंह धामी,वरिष्ठ एजेन्सी म्यानेजर दुर्गा भट्ट रावल,एजेन्सी म्यानेजर राधिका तिमिल्सेना,भरत कुमार कामी लगायत अभिकर्ता हरुको सहभागितामा चेक हस्तान्तरण कार्यक्रम गरियको थियोे ।कार्यक्रममा एरिया म्यानेजर रबिन्द्र हमाल ले मानव जीवन अनिश्चित रहेको र भबिस्य जोखिमले भरिएकोले हाम्रो अनमोल जिवनमा आउने विभिन्न जोखिमको क्षति न्यूनीकरण का लागि बिमा अत्यावश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *