सेरि पुल देखि खाल बजार सम्मको सडक सुचारु

शेयेर गर्नुहोस


शंकर थापा,
अछाम २७ भाद्र/
अछामको दर्ना सेरि पक्की पुल देखि रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर हुदै खालबजार सम्मको सडक सुचारु भएको छ ।
भदौ २ गते रातीको अविरल वर्षा सङ्गै आएको बाढीले विभिन्न स्थानामा सडकको पुरै भाग बगाएर अबरुद्ध बनेको सडक रामारोशन गाउँपालिकाले मर्मत गरेर आज बाट सुचारु भएको हो ।सडक सुचारु भए सङ्गै रामारोशन गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदको नेतृत्वमा मुजाबगर देखि खालबजार सम्मको सडकको आज स्थलगत अनुगमन तथा निरिक्षण गरिएको छ ।
गाउँपालिकका अध्यक्ष साउदको निररन्तर पहल, अनुगमन र सहकार्यमा सडक पुनः निर्माणको काम अहिले तीब्र रुपमा अगाडि बढिरहेको छ । अनुगमन तथा निरिक्षण पश्चात बोल्दै अध्यक्ष साउदले बाढीका कारण अधिकांश ठाउँमा सडक अबरुद्ध हुदा पैदल यात्रा समेत गर्न समेत कठिन भएको अबस्थामा गाउँपालिकाले विभिन्न नगरपालिका, गाउँपालिका सङ्ग समन्वय गरि तत्काल सडक मर्मत गरि यातायात संचालनको लागि काम सुरु गरेर अहिले दर्नाको सेरि पुल देखि खाल बजार सम्मको सडक मर्मतको काम सकेर यातायातका साधन सुचारु गरिएको बताएका छन ।
अध्यक्ष साउदले बाकी रहेको सडक पनि छिट्टै सन्चालन गरिने प्रतिबद्धता ब्याक्त गर्दै खालबजार हुँदै सैनिबजार सम्मको सडक समेत पुनः निर्माणको काम तीब्र गतिका साथ भैरहेकाले अबको केहि दिन भित्र सैनिबजार सम्मको सडक सुचारु गरिने बताए।उनले बिपत्तिको समयमा सबैको साथ र सहयोग रहेकाले बाढिले क्षेतिगरेका हरेक बिकास निर्माणका कामहरु गर्दै अगाडि बढ्ने बताए । अहिले पालिका जनताहरुको सहजताको लागि सडक मर्मतको काम अगाडि बढाईएको बताउदै उआफुले प्रदेश र केन्द्र सरकार सङ्ग आवश्यक बजेट माग गरेकाले सबै बिकास निर्माणका कामहरु लाई पहिलेको अवस्थामा फर्काईने जानकारी दिएका छन। सडक सुचारु भए सङ्गै मुजाबगरसम्मका लागि लामो दुरि मंगलसेन ठाटिखाद तालि हुँदै मुजाबगर जानू पर्ने बाध्यताको अन्त्य भएको छ ।
अबरुद्ध सडक मर्मत भएपछी अब देखि यातायातका साधन सुचारु हुनुका साथै खाद्यान्नका सामाग्री ढुवानि, बिरामिहरु लाई स्वास्थ सस्थामा जान सहज र आवस्यक कामका लागि गाउँपालिकाको केन्द्र मुजाबगर र मंगलसेन जान पनि सहज भएको छ ।
मुजाबगर देखि खाल बजार सम्मको सडकको स्थलगत निरीक्षण तथा अनुगमनमा अध्यक्ष साउद सहीत, नेकपा जिल्ला सचिव झपट साउद, जिल्ला सदस्य ललिता बुढा, रबिन्द्र साउद, जिल्ला सदस्य खकेन्द्रमान सिङ, नेकपा रामारोशन गाउँपालिका ईन्चार्ज पहल साउद, वडा नम्वर ३ वडा अध्यक्ष तारा साउद, प्राबिधिक निराजन रोकाया, सुरक्षाकर्मि लगायतको उपस्थिति रहेको थियो । सडक मर्मतका लागि विभिन्न नगरपालिका र गाउँपालिकाका निर्माण व्यावसायिहरुले समेत स्काभेट सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *