सैपालको प्रथम साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर २७ पुस /
टीकापुर नगरपालिका वडा नं. १ स्थित सैपाल टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
टोल विकास संस्थाका अध्यक्ष धर्म बहादुर विष्टको अध्यक्षतामा भएको साधारण सभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले समुदायको समृद्धिको आधार टोल विकास संस्था मार्फत सम्भव हुने बताएका छन् । समुदायलाई सबल र सक्षम बनाउनका लागि पछिल्लो समय टोल विकास संस्थाले खेलेको भुमिकाको प्रशंसा गर्दै नगर प्रमुख थारुले स्थानीय सरकारको विकासको सहयात्रीको काम टोल विकास संस्था गरेको बताएका छन् ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले स्थानीय सरकारका गतिविधि नागरिकहरू समक्ष पुर्याउनका लागि टोल विकास संस्थाको भुमिका विशेष रहेको बताउँदै टोल विकास संस्थाले समुदायका नागरिकहरूलाई एकीकृत गरेर एकतामा बाध्ने काम गरेको बताएका छन् । वडा अध्यक्ष विकले वडाले गर्ने अधिकांश कार्यक्रम टोल विकासका पदाधिकारीहरुको सहभागितामा गर्दै आएको बताए ।
टोल विकास संस्थाका उपाध्यक्ष पवित्रा ताम्राकारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव भक्तबहादुर बोहराले गरेका थिए । साथै प्रथम साधारण सभाले पुनः धर्म बहादुर विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा पवित्रा ताम्राकार, सचीव भक्तबहादुर बोहरा, सहसचिव नेत्रकला उपाध्याय र कोषाध्यक्षमा पुष्पा रेग्मी उपाध्याय चयन भएका छन् । संस्थाले ३९ हजार ७ सय ५० रुपैयाँ बराबरको आयव्यय समेत प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *