स्थानिय सरोकारवालासंग अन्तक्रिया सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ११ भदौ/

सप्ताह ब्यापी डल्फिन अवलोकन तथा सचेतना अभियान अन्तरगत चौथो दिन टीकापुर नगरपालिका वडा नं.७ बैदी ढुङ्गानाटोलमा स्थानीय सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिती टीकापुर नगरपालिका वार्ड नम्बर ७का अध्यक्ष रामलाल डगौराथारु रहेका थिए ।
स्थानीय सरोकारवालाहरु सङ्ग भएको अन्तरक्रिया कार्यक्रम सहभागीहरुले टीकापुर नगरपालिका वडा नं. ८ बैदी,ढुंगानाटोल,कुन्तिपुर,डाडाटोल, प्रतिपुर र खयरझाला डल्फिन क्षेत्रमा पर्यटन मैत्री भौतिक पुर्बाधार निर्माण गर्नु पर्ने,,गोलघर (प्रतिक्षालय)निर्माण,सुचना केन्द्र ब्यवस्थित गर्नु पर्ने,सभा हल निर्माण गर्नु पर्नु,डल्फिन वाटर पार्क निर्माण,बृक्षारोपण गर्नु पर्ने,कालाकुण्डा सामुदायिक बन ब्यवस्थापन गर्नु पर्ने,ओजुवाको बिकास र ब्यवस्थापन हुनु पर्ने, लुकिछुपि नदिमा विषादी प्रयोग हुने कार्य नियन्त्रण गर्नु पर्ने,नदिलाई सफा राख्नु पर्ने,संरक्षणका जनचेतना जगाउने कार्य गर्नु ,खेतमा बिषादी प्रयोग न्यूनीकरण गर्नु पर्ने ,संस्थागत रुप संरक्षण क्रियाकलाप गर्नु पर्नेका साथै टीकापुर -भजनी डल्फिन क्षेत्र बिकासका लागी एकीकृत योजना निर्माणका लागी पहल गर्नु पर्नेमामा जोड दिनु भएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. ७ वार्ड अध्यक्ष रामलाल डगौरा थारुले डल्फिन वाटर निर्माणका र ओजुवातालको बिकासका लागी बजेटको ब्यवस्था गरेर उक्त बजेट कार्यन्वनका सबैले सहयोग गर्नु पर्ने बताएका छन ।
कार्यक्रम बिशिष्ठ अतिथी रानि जमरा कुलारिया सिचाइ आयोजना टीकापुरका बिशिष्ठ समाज शास्त्री बिमल ढेवाजुले कालाकुण्डा सामुदायिक बन लाई नमूना बनाउन,डल्फिन ,जैबिक बिबिधता संरक्षणका लागी सचेतना कार्यक्रम गर्न सहकार्य गर्ने, बृक्षारोपण गर्न सहयोग गर्ने र पथरियामा पानीको सतह बढाउन कर्णाली नदिको पानी पथरिया खसाल्ने योजना रहेको बताए ।
संस्थाका सचिब नरेन्द्र रेग्मिले स्वागत मन्तव्य गरेको कार्यक्रम टीकापुर नगरपालिका वार्ड नम्बर ७ वडा सदस्य यम लाल रेग्मि,WWFका जलस्रोत कार्यक्रम प्रमुख साद,WWF संचार अधिकृत स्प्रीहा श्रेष्ठ,रानी जमरा कुलरिया सिचाइ आयोजनाका बाताबरण बिज्ञ अखण्ड उप्रेती,ने.रो.सो.उपशाखा नारायणपुरका सभापति एबम संरक्षणकर्मि टोप बहादुर केसी,संरक्षणकर्मि एबम शिक्षिका धनसरा कोइराला लागाएत स्थानीय संरक्षणकर्मिहरुको सहभागीता थियो । कार्यक्रम संचालन महासचिव जय प्रसाद ढुङ्गानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *