स्थानीय सेवा प्राप्त गर्नेको नामावली सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर ०७ असार /
जानकी गाउँपालिकाले स्थानीय सेवा पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ ।
बिहिवार बसेको गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनले स्थानीय सेवा पुरस्कारबाट पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको हो । गाउँपालिकामा कार्यरत कर्मचारी सहित विभिन्न पेसामा लागेर सफल भएका व्यवसायीहरुलाई पुरस्कृत गर्नकै लागि गाउँपालिकाले स्थानीय सेवा पुरस्कार कार्यविधि २०८० पारित गरेको छ । त्यसैअनुसार आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन मेलमिलापकर्ताको रुपमा शर्मिला चौधरीलाई छनोट गरेको छ ।
त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने बडघरबाट रानी बडायक पुरस्कृत हुने भएकी छन । महिला स्वास्थ्य स्वयंसेविकाबाट उर्मिला चौधरी, उत्कृष्ट सहकारी श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपंक्षी फार्म तर्फ सिमरन पशुपंक्षी फार्म, उत्कृष्ट कृषक तथा समूह तर्फ कल्पना चौधरीलाई गाउँपालिकाले पुरस्कृत गर्ने भएको हो ।
त्यस्तै गाउँपालिकाको श्रेणी बिहिन कर्मचारीबाट सन्तोष चौधरी, वडा सचीवबाट इश्वर जैशी, सहायक स्तरको कर्मचारीबाट शागर कठरिया, स्वास्थ्य क्षेत्रबाट अनमी सरस्वती शर्मा, शिक्षा तर्फबाट भृकुटी माद्यामिक बिधालयका कार्यरत शिक्षक आगन दास र अधिकृत तहको कर्मचारीबाट शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीलाई सम्मान सहित पुरस्कृत गर्न लागिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले उत्कृष्ट छनोटका लागि बनाइएको सुचकका आधारमा पुरस्कारका लागि छनोट गर्ने काम समितिले गर्दै आएको बताएका छन् । पुरस्कृत हुनेले १५ हजार नगद सहित सम्मानपत्र प्राप्त गर्नेछ्न । प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफ्नो कार्यमा झन जिम्मेवार भएर काम गरून् र अन्यलाई पनि राम्रो काम गर्ने र पुरस्कारको लायक बन्ने प्रेरणा मिलोस भन्ने उद्देश्यले कार्यक्रम राखिएको बताए । उनका अनुसार पुरस्कार भने फागुनमा गाउँपालिकको स्थापना दिवसको अवसरमा वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *